पद्म नर्सिङ होमको अध्यक्षमा डाक्टर कुमार शम्सेर राणा

कृष्ण आचार्य / पोखरा , ४ पुस ।पद्म नर्सिङ होम प्रा.ली. पोखराको अध्यक्षमा डाक्टर कुमार शम्सेर राणा सर्वसम्मत चयन भ​एका छन् । हालै सम्पन्न संस्थाको २१ औं वार्षिक साधारणसभा तथा अधिबेशनले डाक्टर  राणालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यसैगरी संस्थाको प्रबन्ध निर्देशकमा प्रा डाक्टर सचेत प्रभात श्रेष्ठ , निर्देशकहरुमा डाक्टर नारायण गौतम , डाक्टर प्रबिण बानिया , डाक्टर सुमिरन  श्रेष्ठ , नरेन्द्र बास्तोला र पोषकनाथ शर्मा निर्वाचित भ​एका छन् ।

पद्म नर्सिङ होमको अध्यक्षमा डाक्टर कुमार शम्सेर राणा
पद्म नर्सिङ होमको अध्यक्षमा डाक्टर कुमार शम्सेर राणा

निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन कमिटीका संयोजक तथा संस्थाका कानुनी सल्लाहकार जगन्नाथ ढकालले सफत ग्रहण गराएका थिए ।साधारण सभामा बोल्दै बरिष्ठ डाक्टर कुमार सम्शेर राणाले सर्वसुलभ मुल्यमा गुणस्तरीय सेवा दिन निजि स्वास्थ्य संस्था पनि लाग्नु पर्नेमा जोड दिदै स्वास्थ्यलाई ब्यापार बनाउन नहुने बताए ।

स्वास्थ्य संस्थाहरु स्वास्थ्यको ईथिक्स भन्दा बाहिर नजाने हो भने जनताले सर्वसुलभ मुल्यमा गुणस्तरीय सेवा पाउने भन्दै उनले अनाश्यक टेस्ट गराउने गलत प्रचलन डाक्टरहरुले पनि छोड्नु पर्ने बताए ।संस्थाका निबर्तमान अध्यक्ष पुष्पादेबी श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा डाक्टर नरेन्द्र बिक्रम गुरुङले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन निबर्तमान प्रबन्ध निर्देशक डाक्टर कालु शर्मा सुबेदी र ब्यवस्थापक नरेन्द्र बास्तोलाले गरेका थिए ।

कमेन्टहरु
Loading...