पद्म नर्सिङ होम–भाटभटेनी ट्याक्सी ईकाइ समितिको रक्तदानमा ९९ युनिट रगत

पोखरा, ४ साउन /पद्म नर्सिङ होम–भाटभटेनी ट्याक्सी इकाइ समिति पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ९९ युनिट रगत संकलन भएको छ । समितीले आफ्नो आठौ वार्षिकोत्सव समारोह संगै बुधवार आयोजना गरेको रक्तदान कार्यक्रममा ९९ जनाले रक्तदान गरेका हुन ।

ट्याक्सी ब्यवशायी समिती पोखराका अध्यक्ष प्रकाशमणी तिवारीले पहिलो रक्तदाता इकाइ समितीका सह सचिव हरि बहादुर देवकोटालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । सो समारोहमा वोल्दै ट्याक्सी ब्यवशायी समिती पोखराका अध्यक्ष प्रकाशमणी तिवारीले ब्यवशायीहरुले ब्यवशायमा मात्र सिमीत नभै समाजसेवामा समेत सहभागी हुने गरेको वताए ।

उनले राज्यले यातायात ब्यवशायी प्रति हेर्ने दृष्टीकोण अझैपनी सकारात्मक हुन नसक्दा ब्यवशायीहरु पलायन हुने क्रम वढेकोमा चिन्ता ब्यक्त गरे । तिवारीले राज्यले मापदण्ड निर्माण नगरी करको दायरा वढाउदै लैजानु अनावश्यक रुपमा ब्यवशायीलाई दुख दिने काम बढिरहेकाले यसप्रति सवै ब्यवशायीहरु एकजुट भइ आवाज उठाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा वोल्दै वरिष्ठ रेडियोलोजिस्ट डाक्टर कालु शर्माले ब्यवशायीहरुले ब्यवशाय मात्र सिमीत नभइ विरामीको सेवामा समेत अग्रसरता देखाएकोमा वधाइ ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे ।

इकाइ समितीका संयोजक केशव बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्याक्सी ब्यवशायी समिती पोखराका निवर्तमान अध्यक्ष गान्धीराज गिरी, रक्तसञ्चार केन्द्र पोखराका प्रमुख महेन्द्र केसी, पद्म नर्सिङ होम–भाटभटेनी ट्याक्सी इकाइ समिती पोखराका संस्थापक संयोजक गुण्डा श्रेष्ठ (मीन), ट्याक्सी ब्यवशायी समितीका वरिष्ठ उपाध्यक्ष शोभाकान्त पौडेल, ट्याक्सी ब्यवशायी समितीका कोषाध्यक्ष सूर्य बहादुर थापा, ट्याक्सी ब्यवशायी समितीका सदस्य अर्जन पौडेल लगायतले शुभकामना ब्यक्त गरेका थिए । पद्म नर्सिङ होम–भाटभटेनी ट्याक्सी इकाइ समिती पोखराका उपाध्यक्ष राजेन्द्र दवाडीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव ईमान शाहीले गरेका थिए ।

कमेन्टहरु
Loading...