आन्दोलनका उपलब्धि तुहाउने षड्यन्त्र ः गोसो

गोकुल बानिया
पोखरा २३ मंसिर /गोर्खा भूतपूर्ब सैनिक संघ (गेसो) गोर्खा सत्याग्रहको नाममा षड्यन्त्रपूर्बक यसअघिका सबै उपलब्धि तुहाउने षड्यन्त्र भएको भन्दै त्यसको बिरुद्ध उत्रने जानकारी दिएको छ । गोर्खा सत्याग्रहको नाममा चलाईएको आन्दोलनप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै गेसोले ज्ञानराज राईलाई अनसन बसाएर तोडाउने नाममा गठन गरिएको सर्बदलिय उच्चस्तरिय छानबिन समिति समक्ष नै उजुरी दिने जनाएको छ ।padam grg geasoबेलायति न्यायलय र सदनले समेत गोर्खाहरुलाई समान अधिकार दिने पक्षमा फैसला गरिसकेको अबस्थामा यसअघिको उपलब्धिलाई तुहाउने गरी छानबिन समिति गठन गरिएको भन्दै षड्न्त्रको बिरुद्ध उजुरी दिने गोसोका सभापति पदम बहादुर गुरुङले बताए । गोर्खा एकेडेमिक फोरमले आईतवार पोखरामा गरेको पत्रकार सम्मेलनमा गुरुङले एक साता भित्र छानबिन समिति समक्ष गेसोका बिरुद्ध भएको षड्न्त्रबारे उजुरी दिने जानकारी दिए ।

आफुलाई मार्ने षड्न्त्र गरिएको, राईलाई प्रयोग गरी गेसो आन्दोलनलाई तुहाउन खोजेको आरोप सहित उजुरी दिईने उनले बताएका छन् । छानबिन समितिले अदालतको फैसला प्रतिकुल हुने प्रतिबेदन ल्याए मान्य नहुने गेसोले जनाएको छ । ‘ सन् २०१४ को अप्रिल सम्म यसअघिका सबै फैसला, सहमति र सम्झौता कार्यन्वयनमा लैजाने तयारी थियो, गेसोका सभापति गुरुङले भने ‘ यसअघिको सबै फैसला निश्क्रिय पार्न गोर्खा ब्रिगेटले गरेको षड्न्त्रको रुपमा लिएका छौ । ’

‘प्रधानमन्त्री डेविड क्यामरुनले समेत कार्यन्वयनको लागि गृह मन्त्रालयलाई जिम्मा दिएको पत्र गेसोलाई प्राप्त भईसकेको छ ’ गेसोको बिज्ञप्तीमा भनिएको छ – कार्यन्यनको घोषणा हुन केहि महिना मात्रै बाकी रहेको अबस्थामा अनसन समाप्त गर्दै समिति बनाउनुले अदालतको फैसला र सरकारले बनाएको नितिमाथि प्रश्न खडा गरेको छ । ’ भूतपूर्ब गोर्खा सैनिकको नाममा खुलेका अन्य संगठनलाई प्रयोग गरी गेसोको २५ बर्षे आन्दोलनको उपलब्धि सिध्याउने खेल भएको गुरुङले बताएका छन् ।

दुई बेलायति अधिकृतको नाममै किटान गरी गेसोले राईलाई उनिहरुलेनै प्रयोग गरेको अरोप लगाएको छ । ‘ बेलायति कर्नेल मार्क डडल र जनरल काउनले गरेको षड्न्त्र बिरुद्ध गेसोका सभापति पदम बहादुर गुरुङ उच्च स्तरिय छानबिन समिति समक्ष छानबिनको लागि उजुरी दिने निर्णय भएको छ । ’ पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तीमा भनिएको छ ।

कमेन्टहरु
Loading...