महानगरका बेपत्ता पौडेललाई खोज्न सेतीको ड्याम खोलिने, सेती नजिक नजान प्रशासनको आग्रह

पोखरा, १० असार /दुई दिन देखी सम्पर्क विहिन पोखरा लेखनाथ महागनरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेललाई खोज्नका लागि आज सेती ड्याम खोल्ने तयारी गरिएको छ । खोंचमा अड्केको हुन सक्ने भन्दै ड्याम खोल्ने तयारी गरीको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

ड्याम खोल्दा नदीको आकार बढ्ने भएकाले सेती आसपासमा नबस्न प्रशासनले सूचना जारी गरेको छ । ‘विशेष कारणबश सेतीको ड्याम खोल्नु परेको छ, सूचनामा भनिएको छ–काम वा अन्य कुनैपनि कारणले सेती आसपासमा नजान प्रशासनले आग्रह गर्दछ ।’

पौडेल शनिवार बिहानदेखि बेपत्ता छन् । प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ । उनको शनिबार दिनभर खोजी गरेपनि भेट्टाउन सकिएको थिएन । त्यसपछि आईतबार पनि विहानैदेखि खोजीकार्य जारी छ ।

कमेन्टहरु
Loading...