ओमराज पौडेलको सव पोखरामा, आजै अन्त्यस्टी गर्ने (भिडियो सहित)

पोखरा, ३० असार / असार ९ गते देखी बेपत्ता पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल शनिबार विहान तनुहँको भिमादको सेती नदि किनारमा मृत अवस्थामा फेला परेका छन् । उनको सवलाई पोष्टमार्टका लागि पोखराको पश्चिमाञ्चल अस्पताल लाएको छ । पोष्टमार्ट सकिएको छ भने उनका आज नै सेती नदिमा अन्त्यटी गर्ने परिवारले जानकारी दिएको छ ।

उनी हराएको २२ दिन पछि भिमानबाट सव फेला परेको थियो । उनको सवलाई आफ्न्तले पहिचान गरे पछि प्रहरीले मुचुल्का उठाएका थिए । असार ९ गते शनिबार विहान करिब ५ बजे तिर घरबाट निस्किएका उनी बेपत्ता थिए । उनी वेपत्ता भएको खबर पाउने वित्तिकै कास्की प्रहरी सहितको रेस्क्यू टोलीले सेती किनारमा खोजी गरिरहेको थियो ।

घरबाट सरसफाइको कार्यक्रम जाने भन्दै निस्किएका थिए । पौडेलले घर छाड्नु अघि श्रीमतीलाई सम्बोधन गरेर एउटा नोट समेत छाडेका थिए ।

उक्त नोटमा श्रीमतीलाई खुसी राख्न नसकेको र आगामी दिनमा साथ दिन नसक्ने उल्लेख गर्नुका साथै सन्ततीलाई सम्बोधन गरेर ३ फूललाई राम्ररी हेरविचार गर्न श्रीमतीलाई अनुरोध गर्दै अलबिदा लेखेको प्रहरीले बताएको छ ।

पत्रमा लेखिएको छ ‘कठै उर्मिला, तिमिले यति धेरै माया दिँदा पनि जीवनभर साथ दिन सकिनँ । ३ वटा कोपिला तिम्रो जिम्मामा छाडेर जाँदैछु । राम्रोसँग बसे चारै जना । अलबिदा ।’ उनका एक श्रीमती, दुई छोरा र १ छोरी छन् ।

कमेन्टहरु
Loading...