पत्रकार ओम हमाल पक्राउ, तत्काल रिहाइको माग

पोखरा, ७ भदौ / पत्रकार ओम हमाललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा जनसंचार डटकमका सम्पादक ओम हमाललाई कास्की प्रहरीले पक्राउ गरेकोमा यस पत्रकारका संघ सस्थाले विरोध गरेका छन् ।

केही समय यता राज्य पक्षले राजनैतिक आस्था राखेकै आधारमा कास्की सहित देशभर पत्रकारहरु माथी धरपकड मात्र हैन, लुकी लुकी हिड्नुपर्ने अवस्था सिर्जना गरेकोमा ध्यान आक्रर्ष भएको नेपला पत्रकार संघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्ता कार्य तत्काल बन्द गर्न र पत्रकारहरुलाई स्वतन्त्र पुर्वक काम गर्न दिन तथा पत्रकार हमालको स सम्मान रिहाइको पत्रकारहरुका संघ सस्थाले माग गरेका छन् ।

कमेन्टहरु
Loading...