पोखराको पुरानो फोटो प्रदर्शनी सुरु (१२ वटा तस्बिर) (भिडियो )

पोखरा, १२ चैत  पुरानो पोखरा कस्तो थियो ? जन्मदै क्रंक्रिटको जङ्गल मात्रै देखेकालाई के थाहा ? पुरानो रहनसहन, आनीबानी अनि लवाई खुवाई त झन टाढाको कुरा । जतिबेला चाह्यो त्यतिबेला ‘सेल्फी’ खिच्ने अहिलेको जमाना हो र ? घुम्न वा काम विशेषले नेपाल आएका विदेशीले ‘क्लिक क्लिक’ पार्दा जिब्रो टोक्ने अवस्था । हुने खानेलेका लागि फोटो रवाफ देखाउने साधन भएको बेला ।

हो, त्यही बेलाका फोटाहरु अहिले पोखरा उद्योग वाणिज्य संघको हलमा प्रदर्शनीमा छन् । नेपालमा समाजसेवा गर्न आएका पिस कर्पका स्वयंसेवकहरुदेखि १९८७ सालतिर नेपालकै फोटोग्राफरले खिचेका पोखराका ८४ वटा दुर्लभ फोटाहरु प्रदर्शनीमा समेटिएका छन् । ती दुर्लभ फोटाहरुको संकलनचाहिँ सुनिल उलकले गरेका हुन् । आजभन्दा पचास वर्ष अगाडिका ती फोट
पोखरा उद्योग वाणिज्य संघ र पोखरालेखनाथ महानगरपालिकाको सहयोगमा आयोजित प्रदर्शनी १४ गतेसम्म चल्नेछ ।

प्रदर्शनीको औपचारिक समारोहमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले हाम्रो इतिहास जोगाइदिएकोमा खुसी व्यक्त गर्दै सुन्दर पोखराको पर्यटन प्रवद्र्धनको लागि पुराना फोटाहरु सहायक हुने धारणा राख्नुभयो ।
नेपालका पुराना फोटोहरु संकलन गर्दै नेपाल फोटो प्रोजेक्ट नै संचालन गरिरहनु भएका अमेरिकन नागरिक डग्लस हलले कार्यक्रममा भावुक हुँदै नेपालीमै भन्नुभयो,‘ ४५ वर्षपछि मेरो नेपाली भाषा झण्डै भुलेको १ अहिले यहाँ भएका सबै फोटाहरु ५० वर्ष पुराना छन् र ती कपी गर्न सकिन्छ ।’

उहाँको संकेत प्रतिलिपी अधिकार ऐन अनुसार ५० वर्षपछि व्यक्तिले खिचेका फोटो वा गाएका गीतहरु सार्वजनिक सम्पत्ति बन्न पुग्नेतर्फ इंगित थियो । उहाँले आफूले संकलन गरेका सबै २३ हजार फोटोहरु उलकलाई हस्तान्तरण पनि गर्नुभयो । उहाँको संग्रहमा ८ सय पोखराको, १ हजार ९ वटा कास्कीका विभिन्न गाउँहरु धम्पुस, घान्द्रकु, लान्द्रुक, सिक्लेस लगायत इलाम, झापा, दार्चुला र बझाङका फोटोहरु पनि रहेका छन् । डग्लस पिस कर्प नामक अमेरिकी स्वयंसेवी संस्थाको प्रतिनिधीत्व गर्दै समाजसेवाको लागि सन् १९६२ तिर नेपाल आउनु भएको थियो ।

सो अवसरमा बोल्दै अग्रज फोटो पत्रकार विश्वरत्न शाक्यले पोखराको फोटोग्राफी इतिहाससँग पोखराको पनि इतिहास जोडिएको बताउनुभयो । पोखरा लेखनाथ महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज शर्माले पुरानो सम्झनालाई जोगाई राख्नु चुनौतिपूर्ण कार्य भएको बताउनुभयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सहजिकरण गर्नुभएको कार्यक्रमका संयोजक सुनिल उलकले आफूले रहरमै सुरु गरेको संकलनलाई परिस्कृत गर्दै प्रदर्शनीमा राख्न पाएकोमा खुुसी व्यक्त गर्नुभयो । उहाँले आफूसँग पोखरा र नेपालकै करिब ८४ हजार पुराना फोटोहरु रहेको जानकारी दिँदै ती फोटाहरु मेसो मिलाएर प्रदर्शनीमा राख्ने घोषणा पनि गर्नुभयो ।

 

कमेन्टहरु
Loading...