मणिपालमा नर्सिङ दिवस, ह्यापी होमलाई ५० हजार सहयोग

पोखरा, ८ जेठ /मणिपाल नर्सिङ कलेज पोखराले विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाएको छ । दिवसको अवसरमा कलेजमा खेलकुद, पोस्टर प्रतियोगिता, फाइन आर्ट्स तथा साँस्कृतिक कार्यक्रम गरिएको उपप्राध्यापक गीता घिमिरेले जानकारी दिइन् ।

कार्यक्रममा एकेडेमिकतर्फ उत्कृष्ट छात्राहरुलाई र अन्य अतिरिक्त क्रियाकलापमा बिजयी छात्राहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको छ । कलेजका नर्सिङ विद्यार्थीले नेपाली फिल्म कोहलपुर एक्सप्रेसको च्यारिटी सो गरेर संकलन गरेको ५० हजार रुपैयाँ पोखरा हस्पिटल चोकमा रहेको ह्याप्पी होम बृद्धाश्रमलाई सहयोग गरिएको घिमिरेले जानकारी दिइन् ।

संस्थाका महासचिव रोमा राउत शाक्यलाई एक कार्यक्रमका बीच मनिपाल कलेजका प्रिन्सिपल शकुन सिंहले रकम हस्तान्तरण गरिन् ।
रकमको कोष स्थापना गरी ब्याज ह्याप्पी होममा बस्ने बृद्धबृद्धाको लागि खर्च गरिने छ । कलेजले वर्षेनी नर्सिङ दिवसका अवसरमा साताव्यापी विविध कार्यक्रम गर्दै आइरहेको छ ।

कमेन्टहरु
Loading...