एन प्याब्सान कास्कीद्धारा स्थापना दिवसमा छात्रवृत्ति घोषणा

पोखरा, २८ पुस/ नेशनल प्याब्सान कास्कीले छात्रावृत्तिको घोषणा गरेको छ। नेशनल प्याब्सान स्थापना दिवसको अवसर आयोजित विशेष जिल्ला भेलाले संस्थागत विद्यालयमा अध्यनरत विद्यार्थीका लागि जहेन्दार छात्रवृत्ति तथा निशुल्क छात्रवृत्ति दिने निर्णय गरेको हो। भेला २६ र २७ गते गरि दुई दिन चलेको थियो।

कक्षा ११ र १२ मा अध्ययन गर्ने करिव २० जना विद्यार्थीका लागि छात्रवृत्तिको घोषणा गरिएको नेशनल प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले जानकारी दिए। मोचीका अनुसार छात्रावृत्ति पाउनका लागि माध्यामिक तहमा संस्थागत विद्यालयमा अध्ययन गरेको तर कक्षा ११ र १२ मा भने नेशनल प्याब्सानमा आवद्ध सदस्य विद्यालयमा अध्ययन गरेको हुनुपर्ने छ।

‘छात्रावृत्ति पाउनका लागि संस्थागत विद्यालयमा अध्ययन गरेको विद्यार्थी हुनुपर्ने छ’– अध्यक्ष मोचीले भने–‘छात्रवृत्ति समितिले इन्ट्रान्स परिक्षा लिएर प्राप्ताड्ढका आधारमा छात्रवृत्ति प्रदान गर्ने छ।’

भेलाले नेशनल प्याब्सान कास्कीमो चाउथेमा रहेको आफ्नै भवनमा निकट भविष्यमा नै मल्टि मिडिया प्रोजेक्टको अत्याधुनिक पुस्तकालय स्थापना गर्ने निर्णय गरेको छ। त्यसैगरी स्थापना वर्षको आधारमा समाजमा योगदान पु¥याउने विद्यालय तथा शिक्षा क्षेत्रमा योगदान पु¥याउने शिक्षक तथा कर्मचारीलाई पनि सम्मान गरिने निर्णय गरेको छ।

सम्मानित हुने विद्यालयहरुमा हेम्जा वोर्डिङ स्कूल, त्रिवेणी पब्लिक एकेडेमी, ज्ञानज्योति विद्याकुञ्ज मावि, दि वइज्डम कास्की वोर्डिङ स्कूल, सनराइज प्रिपारेटोरी स्कूल र ज्ञान ज्योति वोर्डिङ स्कूल रहेको प्रचार प्रसार समिति संयोजक प्रेमराज अधिकारीले जानकारी दिए।

कार्यक्रममा एन प्याब्सान कास्कीमा आवद्ध विद्यालयका संस्थापकको सहभागिता रहेको थियो। एन प्याब्सान कास्कीमा ४५ विद्यालय आवद्ध रहेका छन्। संस्थाले हरेका वर्ष विविध कार्यक्रमको आयोजन गरी स्थापना दिवस मनाउँदै आएको छ। नेशनल प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मनकाजी गुरुङले गरेका थिए।

कमेन्टहरु
Loading...