नौलो घुम्ती नेपालको अध्यक्षमा रानाभाट

पोखरा, १३ असोज /नौलो घुम्ती नेपालको १७ औं साधारण सभा तथा नवौं अधिवेशनले पुनः खड्गबहादुर

रानाभाटको अध्यक्षतामा २ वर्षको लागि नयाँ कार्य समिति चयन गरेको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा योगराज पौडेल, उपाध्यक्षमा सुरेन्द्र थापा मगर, महासचिवमा वद्रि विनोद

प्रतिक, कोषाध्यक्षमा मगल बहादुर नेपाली, सचिवमा मिना गुरुङ्ग, सदस्यहरुमा कमल प्रसाद अर्याल, समिर

गुरुङ्ग, शिवराम भण्डारी, तुमला श्रेष्ठ, महेन्द्र गुरुङ्ग चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन सामाजिक विकास मन्त्री नरदेवी पुनले गर्दै नौलो घुम्ती नेपालले लागु औषध दुव्यसनीको

उपचार गर्नुका साथै विकास निर्माणमा पनि सक्रिय भएकोमा प्रशंषा व्यक्त गरेकी थिईन ।

सो अवसरमा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्रीले विगतमा लामो समयदेखि

सामाजिक तथा सामुदायिक विकासका विविध क्षेत्रमा कार्य गरिरहेको साथै कास्कीको शिक्षा स्वास्थ्य ,

एचआइभी लागु औषध नियन्त्रण, झोलुङ्गे पुल निमार्णमा योग्दान पुयाइरहेको छ जसलाई निरन्तरतामा जोड

दिनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारीले नौलो घुम्ती नेपालद्धारा सामाजिक क्षेत्रमा पुयाएको योगदानको प्रशंसा गर्दै आगामी

दिनहरुमा सरोकारवाला निकायसँग समन्वय गरी गतिविधिहरुलाई अगाडि बढाउनको लागि शुभकामना दिएका

थिए ।

कार्यक्रममा एड्स रोग निवारण संघका विश्वमोहन गौचन, वडा नं. १७ की वडा सदस्य मञ्जु गुरुङ,

संस्थाका संस्थापक सल्लाहकार डा. गणेश गुरुङ, गैसस महासंघका गण्डकी प्रदेश अध्यक्ष विना सिलवाल,

गैसस महासंघका अध्यक्ष पदमराज पहारी, गोनेसाका अध्यक्ष मे. दिलबहादुर गुरुङ, सामुदायिक सेवा केन्द्र

कास्की जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष वोधराज कार्की, शान्ता देवीगुरुङ्ग, गुड नेवर

इन्टरनेशनलका जिल्ला संयोजक टुपेन्द्र बस्नेत, गोपालचन्द्र बराल, संस्थाका पुर्व अध्यक्ष इन्दिरा बराल,

संस्थापक अध्यक्ष प्रेम बहादुर श्रेष्ठ, कम्युनिटि सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दिलिप गुरुङ्ग, सल्लाहकार

समिति संयोजक मेहरमान श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए ।

सभामा अध्यक्ष खड्गबहादुर रानाभाटले वार्षिक प्रतिवेदन र महासचिव वद्रीविनोद प्रतिकले प्रगति प्रतिवेदन र

कोषाध्यक्ष मंगल नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष खड्गबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको सचिव मिना गुरुङले संचालन गरेकी

थिइन् ।

कमेन्टहरु
Loading...