नीलकण्ठ उप्रेतीले मागे पेन्सन

पोखरा, २ पोष/प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले पेन्सनका लागि निवेदन दिएको स्वीकार गरेका छन् । आफूले सरकारका विभिन्न विकास समिति हुँदै निर्वाचन आयोगमा रहेर काम गरेको ४० वर्ष भएकाले पेन्सन माग्नु स्वभाविक भएको उप्रेतीको दाबी छ ।

‘मैले निरन्तर ४० वर्षसम्म सरकारका विभिन्न निकायमा रहेर काम गरेकाले पेन्सनको दाबी गरेको हुँ’उप्रेतीले भने । आफूले सरकारी क्षेत्रमा गरेको सेवालाई कदर गरी सरकारले पेन्सन दिनेमा आफू विश्वस्त रहेको पनि खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

स्थायी पदमा रहेर काम नगरेको व्यक्तिलाई सरकारले कसरी पेन्सन दिन मिल्छ भन्ने प्रश्नमा उप्रेतीले भने,‘मैले सरकारी सेवामा चार दशक लामो समयसम्म काम गरेकाले पेन्सन पाउनुपर्छ भन्ने मेरो माग हो ।’ कानुननले मिल्ने नमिल्ने भन्ने कुरा सरकारको विषय भएको उनको भनाई छ । प्रमुख निर्वाचन आयुक्त उप्रेतीले निर्वाचन आयोगबाटै निर्णय गराएर आयोग सचिव नरेन्द्र दाहालमार्फत निर्णयसहितको निवेदन मन्त्रालयमा पठाएका छन् ।

कमेन्टहरु
Loading...