नेहा हत्या काण्डका सतिशलाई सर्वश्वसहित जन्मकैद

पोखरा, १७ वैशाख /मगर चलचित्रकी नायिका नेहा पुन योरुना हत्याका अभियुक्त किर्तन खड्गी सतिशलाई जिल्ला अदालत कास्की दोषी ठहर गरेको छ । गत २०७२ माघ १८ गते राति भएको सो हत्या प्रकरणमा संलग्न उनलाई जिल्ला अदालत कास्कीले २५ वर्ष कैदको फैसला सुनाएको छ ।

आइतबार जिल्ला न्यायधीश रमानाथ पौड्यालको एक्कल इजलासले खड्गीलाई कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैद र जबर्जस्ती करणी उद्योगमा ५ बर्ष कैदको फैसला सुनाए । करिब साढे दुई वर्ष पछि भएको फैसलाबाट खड्कीले दुई अपराधमा २५ वर्ष कैद जिवन बिताउनुपर्नेछ ।

जिल्ला सहायक न्यायधिवक्ता नवराज रेग्मी र अधिवक्ता सुरेन्द्र थापा मगरले पीडित पक्षबाट तथा अधिवक्ता दुर्गेशराज पन्त र माधवी पाण्डेले विपक्षीका तर्फबाट बहस गरेका थिए । नयाँगाउँ घर भई पोखराका न्युरोडमा एक रेष्टुरेण्टमाका कार्यरत नेहा पुनको २०७२ माघ १९ गते घर नजिकै हत्या गरिएको अवस्थामा सव भेटिएको थियो ।

२०७२ साल घाघ २५ गते
नायिका नेहा पुनको हत्यामा संलग्न प्रक्राउ

पोखरा, २५ माघ
नायिका नेहा पुनको हत्यामा संलग्नलाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पोखरा न्युरोडका सतीश खड्गी नेहा हत्या गरेको अभियोगमा आइतबार पक्राउ परेका हुन् । सतीशले नेहाको हत्या गरेको स्वीकार प्रहरीसँग बताएका थिए । सतीशले १८ गते राति नेहाको हत्या गरेको प्रहरी बयानमा खुलाएको छ । त्यस रात नेहा काम सकेर सतीशसँगै मोटरसाइकलमा घर फर्केकी थिइन् ।

स्रोतका अनुसार, सतीश र नेहा लेकसाइड हुँदै घर गए । सतीशले घर नजिक पुगेपछि नेहासँग यौन सम्पर्कको प्रस्ताव गरे । नेहाले मानिनन् । उनले जबरजस्ती गर्न खोजे । त्यसपछि नेहाले सतीशलाई गाली गरिन् । त्यसपछि ‘मुख छाड्छेस’ भन्दै सतीशले हेलमेट नेहाको टाउकोमा प्रहार गरे । रिसले चूर भएका सतीशले ३÷४ पटक टाउकोमा प्रहार गरेपछि नेहा त्यहीं ढलिन् । त्यसपछि सतीशले नेहालाई त्यही छाडेर हिँडे ।

माघ १९ गते मर्निङ वाक गएका सर्वसाधरणले नेहाको शव देखे र प्रहरीलाई गरे । नेहाको शव उनकै घरभन्दा ४ सय मिटर पर फालिएको थियो । उनको शव कालो पछ्यौराले छोपिएको अर्धनग्न अवस्थामा थियो । हत्या भएको भन्ने पक्का भयो तर कसरी भयो रु कसले गर्‍यो भन्ने प्रहरीलाई थाहा भएन । घटनामा संलग्नको पहिचान खुलेन । अनुसन्धानमा जुट्यो ।

त्यसपछि कास्की प्रहरीले सतीशसहित धेरैलाई अनुसन्धानको दायरामा ल्यायो । तर केही खुल्न सकेन । हत्याकै दिन प्रहरले नियन्त्रणमा लिएर सतीशसँग बयान लियो । नेहालाई १८ गते राति इन्द्र चोकमा छाडेको बयान दिए । अन्य सुराकमा कास्की प्रहरी जुटिरह्यो । अनि कास्की प्रहरीले शंका सतीशमाथि गर्‍यो । अरु दिन घरमै छाड्ने सतीशले त्यस दिन किन इन्द्रचोकमा लगेर छाड्यो । केटी मान्छेलाई त्यति राति एक्लै छाड्ने कुरै हुँदैन ।

त्यहींबाट प्रहरीले अनुसन्धान थाल्यो । सबै प्रमाण जुट्दै गर्दा सतीशले एक पछि अर्को गर्दै सबै कुरा प्रहरीसामु खुलासा गरेका हुन् । पुन हत्या छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्धि बज्राचार्यको नेतृत्वमा टोली खटिएको थियो । टोलीमा प्रहरी निरीक्षकद्वय देवी पौडेल, गंगा थापा, प्रहरी नायब निरीक्षकद्वय रामबहादुर अधिकारी र सुदर्शन लम्साल र अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रहरी सहायक निरीक्षकद्वय युवराज कार्की र भद्रकृष्ण पौडेल छन् ।

कमेन्टहरु
Loading...