नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको अधिबेशन पोखरामा हुने

कृष्ण आचार्य, पोखरा, २६ भाद्र /नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को राष्ट्रिय संघ नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको तेस्रो राष्ट्रिय अधिबेशन पोखरामा हुने भएको छ । देशभरिका निजी, सामुदायीक, गैह्रसरकारी र बिशेष ऐन मार्फत संञ्चालित सरकारी स्वस्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुको छाता संगठन नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको तेस्रो राष्टिय अधिबेशन पोखराको लेकसाईड स्थित फेवा रिसोर्टमा हुन लागेको हो ।

“स्वास्थ्य क्षेत्रको सरोकार, सामाजिक सुरक्षा र मर्या्दित रोजगार” भन्ने नाराका साथ यही भाद्र २८ गते बुधबार र २९ गते बिहिबार​ दुई दिनसम्म चल्ने अधिबेशनले आगामी ४ बर्षका लागि २५ सदस्यिय नयाँ कार्यसमिति चयन गर्ने जनाईएको छ । अधिबेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक महासचिब र चार सचिब सहितको २५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गर्ने छ ।

अधिबेशनमा देशभरका ६३ निजी, सामुदायीक, गैह्रसरकारी र बिशेष ऐन मार्फत संञ्चालित सरकारी स्वस्थ्य संस्थाहरुबाट करिब दुई सय प्रतिनिधि र ३० भन्दाबढि परिबेक्षकको सहभागि रहने नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष चन्द्र थापाले गन्थन डटकमलाई जानकारी दिए । अधिबेशनको उद्घाटन नेकपा एमालेका नेता एवं नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष बिष्णु रिमालले गर्ने बताईएको छ ।

अधिबेशनको सम्पुर्ण तयारी पुरा भएको र देशभरीबाट प्रतिनिधीहरु पोखरा आउने क्रम सुरु भएको अध्यक्ष थापाले जानकारी दिए । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनमा देशभरिका निजी, सामुदायीक, गैह्रसरकारी र बिशेष ऐन मार्फत संञ्चालित सरकारी स्वस्थ्य संस्थाहरुमा कार्यरत करिब ६ हजार मजदुर आबद्द रहेका छन् ।

कमेन्टहरु
Loading...