CAN

न्यू ग्यालेक्सीका विद्यार्थी ट्राफिक नियम सिकाउँदै

308

पोखरा, २४ माघ / न्यू ग्यालेक्सी इङ्लीस सेकेण्डरी स्कूलमा अध्ययनरत विद्यार्थी शुक्रबार विहान ट्राफिक नियम सिकाउनमा नै व्यस्त रहे ।

शुक्रवार विहान विद्यालयका विद्यार्थी र जिल्ला ट्राफिक कार्यलय कास्कीका ट्राफिक प्रहरीले पोखराको व्यस्त वजार पृथ्वीचोक, चिप्लेढु·ा, महेन्द्रपुलमा खटिइ पैदल यात्रीलाई जेव्रा क्रस बाट वाटो काट्न सिकाएका थिए । ट्राफिक नियमको ज्ञान हुदाँ हुदै पनि आफ्नै लापरवाहिका कारण घटना घट्ने गरेकोले पैदल यात्री तथा सावारी चालकलाई ट्राफिक नियम सम्वन्धि सचेत गराइएको थियो ।

विद्यालयको रजत जयन्तीको अवसर पारेर विद्यालयले यस वर्ष विविध कार्यक्रमको अयोजना गर्दै आएको विद्यालयका प्रिन्सिपल डा.रामजी शर्माले जानकारी दिए ।

‘यो वर्ष हामीले रजत वर्षको रुपमा मनाएका छौं, विद्यालयका प्रिन्सिपल शर्माले भने,‘शिक्षासंगै सामाजिक उत्तरदायित्व पनि रहेकोले सामाजिक क्षेत्रमा पनि हामीले कार्यक्रम गरेका छौं ।’ विद्यालयले फागुन ८ गते विविध कार्यक्रमको अयोजना गरी रजत जयन्ती तथा अभिभावक दिवस मनाउँदै छ ।

रजत जयन्तीको अवसरमा यस वर्ष विद्यालयले स्वास्थ्य शिविर, सरसफाइ, विद्यालय स्तरीय वास्केटल प्रतियोगिता, रक्तदान कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम गरिसकेको विद्यालयका सहायक प्रिन्सिपल राजेश भण्डारीले जानकारी दिए ।

कार्यक्रम पछि वोल्दै वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक यादव ढकाल जिल्ला ट्राफिक कार्यलय कास्कीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सन्तोष रोकाले सवैले आ–आफ्नो ठाँउबाट ट्राफिक नियम पालना गरेमा दुर्घटना न्यूनिकरण हुने बताए ।