संगीतले जिते ‘नेपाल्स गट ट्यालेन्ट’को उपाधी

पोखरा, २७ भदौ/‘नेपाल्स गट ट्यालेन्ट’को पहिलो सिजन अन्तरगत गायन विधाबाट संगीत पौडेल विजेता बनेका छन् । करिब तीन महिनासम्म चलेको पहिलो सिजनको यो प्रतियोगिताको विजेता बनेसँगै उनले गोल्डेन ह्याट र नगद पुरस्कार जिते । त्यो सँगै उनले गीत गाउने अवसर पनि प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगितामा नृत्य विधाबाट निखिल बिसीले फस्ट रनरअपको उपाधी आफ्नो पोल्टामा पारे । उनले नगदसँगै चाँदीको ह्याट प्राप्त गरे । प्रतियोगितामा गायन विधाबाटै प्रतिस्पर्धा गरेकी मेलिना पुन सेकेन्ड रनरअप भईन् ।

विहानी साँगीतिक समूहको आयोजनामा भएको यो प्रतियोगितामा फाईनलिस्टहरु विभिन्न चारवटा चरण पार गरेर आईपुगेको कार्यक्रम सँयोजक विकास सापकोटाले जानकारी दिए । प्रतियोगिता अन्तरगत पहिलो चरणको अडिसनमा नेपालभरबाट करिब १ सय ५० जना प्रतियोगीहरुले सहभागिता जनाएको आयोजकले बताएको छ ।

कमेन्टहरु
Loading...