Ganthan News Pokhara
All news from Pokhara & around

बैशाख १ गते पोखरामा नेपाली राष्ट्रिय झण्डा दिवस मनाउने

0

पोखरा, २६ चैत्र/आगामी बैशाख १ गते पोखरामा राष्ट्रिय झण्डा दिवस मनाउने तयारी गरिएको छ ।

पोखरा बृहत सफाई अभियान एंव नागरीक समाज पोखरासंगको सहकार्यमा युवा पत्रकार संजाल गण्डकी र वागेश्वरी असल शासन क्लव (बास) को सयुक्त आयोजनामा र्याली सहितको कार्यक्रम गर्ने तयारी गरिएको आयोजक संस्था बासका अध्यक्ष शिवराज बस्ताकोटीले बताए ।

पोखराको मानवअधिकारचोक चिप्लेढुंगादेखी न्युरोड हुदै सभागृहचोकसम्म राष्ट्रिय झण्डा सहितको र्याली गरिने बस्ताकोटीले जानकारी दिए । राष्ट्रिय पोशाक र झण्डा सहितको र्यालीमा पोखराका विभिन्न सामाजिक संघसंस्थाहरुले ऐक्यवद्धता सहित सहभागीता जनाउने उद्धघोष गरेका छन् ।

राष्ट्र र राष्ट्रिय एकताको प्रतिक राष्ट्रिय झण्डाको संरक्षण र सम्मान स्वरुप आयोजित कार्यक्रममा पोखरामा क्रियाशिल विभिन्न युवा क्लव र सामाजिक संघ संस्थाहरुले सहभागीता जनाउने बताएका छन् ।

पोखरा बृहत सफाई अभियान एंव नागरीक समाज पोखरासंगको सहकार्यमा युवा पत्रकार संजाल गण्डकी र वागेश्वरी असल शासन क्लव (बास) को सयुक्त आयोजनामा हुने कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्ने कार्यमा आफुहरुको उल्लेखनिय सहभागीता रहने अभियान्ता राम बहादुर पौडेलले बताए ।

यस्तै जनप्रतिनिधि समेत रहेकी पोखरा महानगरपालिका वडा नं. ५ की वडा सदस्य एंव नारी जागरण अभियानकी एक जना अभियान्ता अन्जु केसिले पनि युवाहरुको यस कार्यमा अभियानका तर्फबाट आवाश्यक सहयोग गर्ने बताईन् । आयोजक बासका अध्यक्ष बस्ताकोटीले कार्यक्रम पुर्ण रुपमा सफल हुनेमा विश्वास व्यक्त गरेका छन् ।

पछिल्लो समय राष्ट्र र राष्ट्रियता प्रति कयौन बहस तथा छलफलहरु गरिए पनि सारमा त्यस प्रतिको चिन्ता सर्वथा सरोकारको विषय भएको युवा पत्रकार संजाल गण्डकीका अध्यक्ष भीम थापाले बताए । यसलाई राष्ट्रिय जागरणको रुपमा बुझ्न र वैशाख १ गतेको कार्यक्रममा सहभागीता जनाउन उनले सम्बन्धित सवैलाई आह्वान गरेका छन् ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।