बजेटले पोखरालाई के के मा सम्बोधन ग¥यो (बजेटको पुर्णपाठ सहित)

पोखरा, १५ जेठ / सरकारले बिहीबार आर्थिक वर्ष २०७७/७८ को १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट सार्वजनिक गरेको छ । संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए । आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उनले लक्ष्य छ ।

बजेटले पोखरालाई के के मा सम्बोधन भयो ?

सरकारले बिहीबार ल्याएको बजेटले पोखरालाई अघिल्ला वर्षहरुमा जस्तै यो बर्ष पनि खासै समेट्न सकेको छैन । बजेटले पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालको स्तरोन्नति गरी विशेष अस्पतालको रुपमा विकास गर्दै लगिने जनाएको छ ।

स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्व ४६ करोड विनियोजना गरेको छ । काठमाडौं उपत्यकामा ३ सय शैयाको सुविधा सम्पन्न सरुवा रोग अस्पताल निर्माण गर्ने, काठमाडौं उपत्यका र प्रदेश राजधानीका सरकारी अस्पतालमा थप २ सय ५० शैया आइसियू वेड स्थापना र सबै प्रदेश राजधानीमा ५० शैयाको सरुवा रोग अस्पताल बनाउन उल्लेख छ ।

त्यसै गरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने र पोखरा विमानस्थलको काम सम्पन्न गर्न आवश्यक रकम व्यवस्थापन गरेको छ ।

त्यसै गरी पोखरा रिडी मालढुङगा बेनी सडकका लागि बजेट परेको छ । त्यसै गरी मुग्लिन पोखरा, कोहलपुर सुर्खेत सिद्धार्थ राजमार्गलाई स्तरोन्नति, कर्णाली कोरिडोरको निर्माणका लागि ५ अर्व ५७ करोड विनियोजन गरेको छ । त्यसै गरी पर्यटन क्षेत्रका दिने सहुलीयत पुर्ण ऋण, मजदुरको तलब लगाएत पोखरालाई छोएको छ ।

https://drive.google.com/file/d/1siJj4sviMo9_Scd3iDrW3LjS_l0Gv390/view

कमेन्टहरु
Loading...