नेपाल–भारत मैत्रीसंघमा जगन

पोखरा, ३ असोज /कास्कीको तेश्रो अधिवेशनले जगन गुरुङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ

। समितिको निवर्तमान अध्यक्ष ऋषि सापकोटा सहित २२ जनाको कार्यसमिति र नौं सदस्यिय सल्लाहकार

समिति समेत आजनै चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डा.बिरबहादुर कार्की, सचिवमा जयराम पौडेल, कोषाध्यक्षमा मिरा आचार्य र

सदस्यहरुमा ई.विष्णु पौडेल, डा.तरुणकान्त झा, गिरीराज गौतम, सुन्दरकुमार श्रेष्ठ, उदयकान्त तिवारी, कर्णेल

कमानसिंह गुरुङ्ग, कर्णेल चेतबहादुर गुरुङ्ग, बजिरमान श्रेष्ठ, शालिकराम भट्टराई, योगराज पौडेल, धरमराज

आचार्य, मिनराज काफ्ले, गिता आचार्य, सिता बाँस्तोला, गिताकुमारी लामिछाने, शान्ता कोइराला, ज्योतीबाबु

पौडेल रहनुभएको छ ।

यसैगरि सल्लाहकारहरुमा पूर्व माननिय शारदा पौडेल, माननिय विन्दुकुमार थापा, उद्योगपति गणेशबहादुर

श्रेष्ठ, सुसिलकुमार गोशली, डा.अशोककुमार चौराशिया, रोहितराज बाँस्तोला, डा.कालु शर्मा, नरेन्द्रमान लालचन

र दुर्गा बाँस्तोला चयन हुनुभएको छ । निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक अधिवक्ता रमेश

पौडेलले बधाई तथा शुभ–कामना दिनुभएको थियो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष जगनबहाुदर गुरुङ्गले

आफ्नों कार्यकालमा मैत्रीसंघले ऐतिहाँसिक रुपमा काम गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

त्यसअघि अधिवेशनको उद्घाटन गर्नुहुँदै नेपाल–भारत मैत्रीसंघका केन्द्रिय अध्यक्ष राजकुमार सिन्धीले

मैत्रीसंघले नेपाल र भारतविचको सम्बन्धलाई प्रगाढ बनाई नेपालमा भारतिय धार्मिक पर्यटन बृद्धि गर्न लागि

परेको बताउनुभयो । उहाँले नेपालको पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्धारी, लुम्बिनी र जनकपुर आउने भारतिय

धार्मिक पर्यटकलाई भारतका विभिन्न पाँच प्रान्तिय सरकारले अनुदान दिन मैत्री संघले पहल गरिरहेको र सो

बारेमा केन्द्र र प्रान्तिय सरकार सकारात्मक रहेको बताउनु भयो ।

त्यसैगरि कार्यक्रममा निवर्तमान अध्यक्ष ऋषि सापकोटाले मैत्री संघले दुई देशको सम्बन्ध सुदृढ मात्र नभई दुवै

क्षेत्रका नागरिकको स्वास्थ्य, शिक्षा र सामाजिक विकासमा काम गरेको बताउनुभयो । कार्यक्रममा संघका

केन्द्रिय उपाध्यक्ष हरेराम पौडेल, केन्द्रिय सल्लाहकार गुरु बराल, केन्द्रिय सदस्य रामजी बाँस्तोला, पूर्व

माननिय शारदा पौडेल, डा.बिरबहादुर कार्की, जयराम पौडेल लगायतले नेपाल र भारतको सम्बन्धको बारेमा

समेत बोल्नुभएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गुरुङ्गले संस्थाका आजिवन सदस्य विजय आचार्यलाई संस्थामा पु¥याएको

योगदानको कदर गर्दै सम्मान गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...