बुधबारको नेपाल बन्द हल्ला मात्रै – विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारी

पोखरा, ६ फागुन / नेत्र विक्रम चन्द विप्लव समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले बुधबार भोलीको बन्द हल्ला मात्रै भएको विज्ञप्ती जारी गरेर जनाएका छन् ।

केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको विज्ञप्तीमा नेपाल बन्दको बुधबार कुनै कार्यक्रम नभएको जनाएको छ ।

नेपाल बन्दको हल्ला चलेपनि बन्दको कार्यक्रम हाललाई नरहेको संगठनको विज्ञप्तीमार्फत बुझ्न सकिन्छ । १० दिने विरोध कार्यक्रममा बुधबार ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख छ ।

विप्लव निकट विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा फागुन ७ गते ज्ञापनपत्र बुझाउने, ८ गते कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रदर्शन, १३ गते मशाल जुलुस र १४ गते आम शैक्षिक हडताल गर्ने कार्यक्रम रहेको उल्लेख गरेको छ ।

कमेन्टहरु
Loading...