नेविसंघको ४६ औँ स्थापना दिवस ः कास्की नेविसंघ जुट्ने अभियानमा

पोखरा, ६ बैशाख/नेपाल विद्यार्थी संघले स्थापनाको ४६ औँ वर्षगाँठ मनाएको छ । यहि अवसरमा नेविसंघ कास्कीले पनि एक विशेष समारोहको आयोजना गरेको छ । नेविसंघ कास्कीका सँयोजक सुवास कोईरालाको सँयोजकत्वमा सोमबार काँग्रेस पार्टी कार्यालय परिसरमा संगठनले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै क्यालेन्डर विमोचन समेत गरेको हो ।

नेविसंघको ४६ औँ स्थापना दिवस ः कास्की नेविसंघ जुट्ने अभियानमा
नेविसंघको ४६ औँ स्थापना दिवस ः कास्की नेविसंघ जुट्ने अभियानमा

सोहि अवसरमा नेविसंघ कास्कीमा देखिएको विवाद चाँडो भन्दा चाँडो सल्टाउनुपर्ने आवाज समेत उठेको थियो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि तथा पुर्व महासमिति सदस्य कृष्ण कार्कीले नेविसंघलाई बलियो बनाउन सकेमात्रै कास्कीमा काँग्रेस बलियो हुने तर्क पेश गरे । ‘केहि नेताहरुले आफ्नो स्वार्थको लागि नेविसंघलाई प्रयोग गरेका छन् तर अब यस्तो हुनु हुँदैन ।’ कार्कीले भने ।

त्यस्तै अर्का महाधिवेशन प्रतिनीधि राजबहादुर गुरुङले नयाँ वर्षको शुभकामना दिँदै यो नयाँ वर्षमा कास्की नेविसंघबीचको असमझदारी हटाउनुपर्ने बताए । उनले विद्यार्थीहरुलाई फुटेर नभई जुटेर अगाडि बड्न आग्रह गरे । नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य भोजबहादुर गुरुङले पनि कास्कीमा टुक्रिएको नेविसंघलाई एक ठाऊँमा ल्याउन जस्तोसुकै चुनौती मोल्न आफु तयार भएको बताए । कास्की काँग्रेस सदस्य उमेश पराजुलीले पनि आपसमा मिलेर काम गर्न नेविसंघलाई सुझाए ।

कार्यक्रममा नेविसंघ कास्कीका सल्लाहकार तथा निवर्तमान सभापति कल्याणबाबु भण्डारी, नेविसंघ पृथ्वीनारायण क्याम्पस ईकाई सभापति गोपाल गुरुङ, नेविसंघ वन विज्ञान अध्ययन संस्थानका ईकाई सभापति अशोक साह, नेविसंघ क्षेत्र नम्बर २ सभापति गोविन्द नेपाली लगाएतले शुभकामना मन्तब्य राखेका थिए । सोहि अवसरमा नयाँ वर्षको क्यालेन्डर समेत विमोचन गरिएको थियो । कार्यक्रमलाई नेविसंघ कास्कीका सचिव विक्रमआदित्यसिंह गिरिले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...