ने.वि.संघ स्याङजाको अधिवेशन स्थगित

पोखरा, ९ असोज/नेपाल विद्यार्थी संघ स्याङजाको असोज ११ र १२ गते हुने भनिएको अधिवेशन स्थगीत हुने भएको छ । ने.वि.संघ स्याङजाका कार्यवाहक सभापती अजित क्षेत्रीले बुधवार एक विज्ञप्ति जारी गरेर सो कुराको जानकारी गराएका हुन ।
केन्द्रिय महाधिवेशन स्थगीत भएतापनी आफुहरु स्याङजा अधिवेशनको तयारीमा जुटीरहेको बेला विशेष कारणवश अधिवेशन स्थगीत हुन गएकोमा अत्यन्त दुःखी रहेको पनि उनले बताएका छन् । आसन्न संविधान सभाको निर्वाचनमा माऊ पार्टी नेपाली कांग्रेसलाई जिताउन अनुरोध गर्दै अर्को सुचना नआँउदा सम्म अधिवेशन स्थगीत भएको कुरा ने.वि.संघ स्याङजाका कार्यवाहक सभापती अजित क्षेत्री द्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कमेन्टहरु
Loading...