नेपाल विद्याार्थी संघको चुनाबी अभियान सुरु,

पोखरा । आगामी संबिधानसभाको निर्बाचनमा नेपाली कांग्रेसले कास्की जिल्लाको चारवटै निर्बाचन क्षेत्रमा बिजयी गराउने उदघोष गर्दै नेपाल बिधार्थी संघ कास्कीले प्रचार प्रसार अभियान सुरु गरेको छ । नेबिसंघले पहिलो चरणको कार्यक्रम अन्र्तगत बुधबार कास्कीको क्षेत्र नम्बर ४ को हेम्जाबाट बृहत प्रचारात्मक रयाली सुरु गरेको संघका कास्की उपाध्यक्ष तारानाथ अधिकारीले जानकारी दिएकाछन ।रयालीको कोणसभामा बोल्दै नेबिसंघ कास्कीका सभापति देबकृष्ण पराजुलीले ०६४ को संबिधानसभाको निर्बाचनमा माओबादीहरुको डर,त्रास धम्की र पार्टी भित्रैबाट समेत सकारात्मक भुमिका खेल्न नसकेकाले पराजय बेर्होनुपरेको बताउंदै आगामी निर्बाचनमा भने कांग्रेसका युवा ,बिधार्थीहरुले जस्तोसुकै धम्की आएतापनि त्यस्को कडा रुपमा प्रतिबाद गर्न तयार रहेको उदघोष गर्नुभयो ।nebi

नेपाली कांग्रेस हेम्जा गाउं कार्यसमितीका सभापति माधबशरण बास्तोलाले बिगतका कमी कमजोरी लाई सच्याएर सिफारिस भएर गएका जुनसुकै उम्मेदवारले टिकट लिएर आएपछि बिजयी गराउन शसक्त रुपमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे । नेबिसंघ क्षत्र नम्बर ४ का सभापति बलराम त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेबिसंघ कास्कीका उपसभापति तारानाथ अधिकारी,संघका उपसभापति मेख तामाङ्घ , जिल्ला सदस्य मिना भण्डारी,नेबि संघ कास्कीका बिधार्थी फोर्सका प्रमुख बिकास सिंह थापा लगायतले आगामी निर्बाचनमा लोकतन्त्रबादीहरुको बिजयी पछि मात्र मुलुकमा संबिधान बन्ने हुंदा नेपाली कांग्रसलाई बिजयी गराउन आग्रह गरिएको थियो ।

यसैगरि नेबिसंघ कास्कीले चुनाबी प्रचार अभियानलाई तिब्र बनाउने क्रममा क्षेत्र नम्बर ३ मा असोज ११ गते ,क्षेत्र नम्बर २ मा असोज १२ गते र क्षेत्र नम्बर १ मा १३ गते बिशाल रयाली तथा घर दैलो अभियान सञ्चालन गर्ने जानकारी संघका उपसभापति तारानाथ अधिकारीले युनाइटेड दैनिकलाई जानकारी दिएका छन ।

कमेन्टहरु
Loading...