एनसेल विरुद्व विद्यार्थी

पोखरा, २३ बैशाख/ एनसेलले सरकारलाई बुझाउन बाँकी रहेको ३३ अर्व कर नबुझाउने संकेत गरेपछि एनसेल विरुद्व आवाज उठ्न थालेको छ।नेपाल विद्यार्थी सङ्घ जनप्रिय क्याम्पस इकाइ समितिले विहीबार एनसेललाई कर बुझाउन दबाबदिदै एनसेलका रिचार्ज कार्डहरु जलाएको छ।
जनप्रिय क्याम्पस गेटमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले एक सयभन्दा बढि एनसेलका रिचार्ज कार्ड जलाउँदै कर नतिरे आफुहरुले चलाउँदै आएको एनसेल मोवाईल समेत बन्द गर्ने चेतावनी दिए। कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी सङ्घ कास्कीका संयोजक सुवाष कोइरालाले सरकारले कर बुझाउन दिएको समय बैशाख २५ गतेसम्म पनि नबुझाएर एनसेल विरुद्व आन्दोलन चर्काउने बताए।

नेपाली काङ्ग्रेस कास्कीका सदस्य नवीन सिग्देलले विद्यार्थी आन्दोलनको शक्ति निकै चोटिलो हुनेभन्दै समयसिमाभित्र नै कर तिर्न आग्रह गरे। नेपाल विद्यार्थी सङ्घ जनप्रिय क्याम्पस इकाइ सभापति विश्वास गुरुङले एनसेलले कर नतिरे आम नेपालीले उसको मोबाइल सेवा नै बहिष्कार गर्ने बताए। कार्यक्रममा विद्यार्थी नेताहरु ध्रुवराज अधिकारी र किसान थापाले पनि बोलेका थिए।

कमेन्टहरु
Loading...