नेशनल क्रियशनको १२ औं वार्षिकोत्सव सम्पन्न

पोखरा, १३ फागुन​/पोखरा–८, नागढुङ्गामा रहेको नेशनल क्रियशन एकेडेमीको १२ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नंं ८ का अध्यक्ष रुद्रनाथ वरालले कार्यक्रमको उद्घाटन गर्दै हाम्रो शिक्षा प्रणालीलाई अन्तराष्ट्रिय स्तरको वनाउन शिक्षा निति नै परिवर्तन गरी अगाडि वढ्नु पर्ने वताए ।

सो अवसरमा नेशनल प्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले विद्यार्थीहरु विद्यालयमा पढ्न भन्दा पनि ज्ञानका कुरा सिक्न आउने भएकोले शिक्षकहरुले पनि उनिहरुसंग सिक्दै उनिहरुको मनोविज्ञान अनुसारको जिवनोपयोगी ज्ञान सिकाउनु पर्ने वताउँदै व्यवहारिक शिक्षामा जोड दिनुपर्ने वताए ।

कार्यक्रममा नेशनल प्याव्सन कास्कीका अध्यक्ष रामबहादुर मोची, केन्द्रिय सदस्य रामबहादुर थापा, शिक्षकहरुको तर्फबाट शिक्षिका दिवा अमात्य, विद्यार्थीको तर्फबाट कक्षा १० की सुरक्षा सुवेदीले आफ्नो भनाई राखेका थिए ।विद्यालयका प्राचार्य ज्ञानेन्द्रबहादुर थापाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावी योजनाहरुको वारेमा वताएका थिए ।

एन प्याब्सन कास्कीको आयोजनामा गत मंसीर महिनामा भएको खेलकुद महोत्सव–२०७५ मा टेबलटेनिस विधाको सिंगल छात्रा प्रतियोगितामा तेश्रो स्थान ल्याउन सफल प्रजिता भुजेललाई सम्मान गरिएको थियो ।विद्यार्थीहरुले योग गरौं निरोगी बनौं भन्दै योग अभ्यासका केहि क्रियाहरुका साथै विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त अवसरमा गतवर्ष शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थापक शिक्षिक विक्रमबहादुर थापाले गरेका थिए ।

कमेन्टहरु
Loading...