पोखरामा नसर्ने रोगको सम्बन्धी तालिम सुरु, नसर्ने रोगका कारण ६० प्रतिशतको मृत्यु

पोखरा, ५ जेठ/बढ्दो नसर्ने रोगका कारण हुने मृन्युदर घटाउने उद्देश्यले पोखरामा पाँच दिने स्वास्थ्यकर्मीका लागि तालिम सुरु भएको छ । नेपाल विकास समाज र पोखरा लेखनाथ महानगरपालिकाको आयोजना तथा वल्ड डाइविटिज प्रयोजनाको सहयोगमा तालिम सञ्चालन भएको हो ।

नेपालमा विश्व स्वास्थ्य संगठनको २०१६ को तथ्याङक अनुसार नेपालमा मृत्यु भएका मध्ये ६० प्रतिशत नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ भने ३० प्रतिशतको सरुवा रोगबाट मृत्यु हुने गरेको नेपाल विकास समाजका प्रमुख प्रविनबाबु सोतीले जानकारी दिए ।

तालिममा पोखरा लेखनाथ महानगरपालिकाका वडा नम्बर २६ देखी ३३ वडामा कार्यरत स्वास्थयकर्मी, कृष्ती र अर्मलाका स्वास्थ्य केन्द्रका प्रमुखहरुको सहभागीता सोतीले बताए ।

मुटु तथा रक्तनली, मधुमेह, क्यान्सर, दल लगाएतका नसर्ने रोगबाट अधिकांस नेपालीको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको २०१६ को तथ्याङकले देखाएको स्वास्थ्य मन्त्रालय प्राथमिक जागरण महाशाखाका जनस्वास्थ्य अधिकृत सुदिप आलेमगरले जानकारी दिए । उनले सरकारले सरुवा रोगलाई मात्रै प्रथामिकता दिएको भन्दै नगर्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताए । युवा अवस्थामा हुने खानपानले पनि नसर्ने रोगका विरामी बढेको उनको भनाई थियो ।

प्रदेश ४ मा उच्च रक्तचापका विरामीहरु अन्य प्रदेशमा भन्दा अझ बढि रहेको तथ्याङकले देखाएको छ । नेपालमा उच्चरक्तचापका विरामी २३ प्रतिशत पुरुष र १७ प्रतिशत महिला रहका छन् । तर राष्ट्रिय तथ्याङक अनुसार प्रदेश ४ मा ३१ प्रतिशन पुरुष र २३ प्रतिशत महिला रहेको राष्ट्रिय तथ्याङकले देखाएको प्रशिक्षक प्रविण पाठकले जानकारी दिए ।

पाँच दिन सम्म सञ्चालन हुने तालिममा स्वास्थ्य मन्त्रालय प्राथमिक जागरण महाशाखाका जनस्वास्थ्य अधिकृत सुदिप आलेमगर, मेडिकल अधिकृत प्रविण पाठक लगाएतले सहजिकरण गर्ने छन् ।

कमेन्टहरु
Loading...