पद्म नर्सिङ होममा ५७ औं राष्ट्रिय नर्सिङ दिवस मनाईयो

पोखरा , १५ माघ /मंगलबार देशभर विभिन्न कार्यक्रम गरी ५७ औं राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । “सुरक्षित कार्य क्षेत्र– स्तरीय नर्सिङ सेवा” भन्ने नाराका साथ पोखराको न्युरोडमा रहेको पद्म नर्सिङ होममा कार्यरत नर्सहरुले पनि ५७ औं राष्ट्रिय नर्सिङ दिवस एक कार्यक्रम गरि मनाएका छन् । मंगलबार पद्म नर्सिङ होममा उनिहरुले अन्तरक्रिया र सम्मान लगायतका कार्यक्रम सम्पन्न गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय सदस्य जितेन्द्र पौडेलले नर्सिङ पेसालाई पहिला खासै राम्रो नहेरिने गरिए पनि आज भोली यो पेसालाई सम्मानजनक रुपमा हेर्न थालिएको भन्दै अझै जिम्मेवार भएर अगाडि बढ्न नर्सहरुलाई सुझाब दिए । पद्म नर्सिङ होम प्रा लि का सहायक ब्यवस्थापक नरेश पौडेलले अस्पतालमा भर्ना भएका बिरामीहरुको जिम्मेवारी नर्सहरुकै हातमा रहने र उनिहरुको राम्रो ब्यवाहरले पनि बिरामीको आत्मबल बढ्ने भएकोले मिजासिलोपन नर्सहरुको गहना भएको बताए ।

नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होमका अध्यक्ष कृष्ण आचार्यले नर्सहरुले आफ्नो पढाई पुरा गर्ने बित्तिकै बिदेश नै जानु पर्छ भन्ने मानसिकता त्यागेर दुरदराजका जनताको सेवा गर्छु भन्ने अठोट लिन सक्नु पर्ने बताए ।सर्जिकल वार्डका इन्चार्ज गंगा थापाको अध्यक्षता सम्पन्न कार्यक्रममा पद्म नर्सिङ होम प्रालिका मेट्रोन रजनी पालिखे , मेडिकल वार्डका इन्चार्ज लक्ष्मी कुँवर,बच्चा वार्ड इन्चार्ज प्रतिभा परियार​ लगायतले बोलेका थिए । स्टाफ नर्स अञ्जना थापाले कार्यक्रमको संचालन गरेकी थिईन् । कार्यक्रममा जेष्ठ नर्सहरु राधा गुरुङ, गंगा थापा, लक्ष्मी कुँवर लगायतलाई सम्मन गरिएको थियो ।

पद्म नर्सिङ होममा ५७ औं राष्ट्रिय नर्सिङ दिवस मनाईयो

नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो ।नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिएको हो ।अन्तर्रा्ष्ट्रिय नर्सिङ दिवस भने फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन मे १२ मा मनाउने गरिन्छ । योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु, भोलेन्टियर सेवा गर्नु पर्ने बाध्यता, काम र तलबमा पनि विभेद हुनु जस्ता कठिनाई अहिले नर्सहरुले भोगिरहेको मुख्य समस्या देखिएको नर्सहरुको गुनासो छ ।

कमेन्टहरु
Loading...