नर्सिङ्ग दिवसको अवसरमा रक्तदान

पोखरा ३०, बैशाख /१९६ औ अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको अवसरमा चरक नर्सिङ्ग कलेजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नर्सिङ्ग दिवसको अवसरमा रक्तदान
नर्सिङ्ग दिवसको अवसरमा रक्तदान

चरक कलेज प्रागंणमा भएको सो कार्यक्रमको उद्घाटन नेपाल नर्सिङ्ग काउन्सिलका केन्द्रिय उपाध्यक्ष निता ताम्राकारले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरेर गर्नु भयो । कार्यक्रममा बोल्दै ताम्राकार नर्सिगं पेशालाई मर्यादित र व्यवस्थित बनाउन राज्य गम्भिर हुनु पर्ने बताउनु भयो ।

देशमा नर्सिगं पढ्ने बढिरहे पनि रोजगारको उचित वातावरण हुन  नसक्दा विदेश पलायन हुन बाध्य भएको बताउनु भयो । दक्ष जनशक्ति विदेश पलायन हुँदा देशका कतिपय अस्पतालहरुमा पर्याप्त नर्सिगं सेवा पुग्न नसकेको बताउनु भयो । कार्यक्रममा रक्त संचार केन्द्रका प्राविधिक अर्जुन ज्ञवालीले नर्सिग पेशा सेवा मुलक पेशा भएको बताउनु भयो ।

उहाँले  रक्तदान गरेर मानवीय सेवामा जुटेको मा धन्यवाद व्यक्त गर्नु भयो । संस्थाका अध्यक्ष योगेन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका प्रिन्सिपल सृजना पंडित पहारी र कार्यक्रमको संचालन विद्यार्थी शिला के.सीले गर्नु भएको थियो । सो रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक  भयो । युवराज आचार्यले जानकारी दिनु भयो ।

कमेन्टहरु
Loading...