निर्माण व्यवसायी संघ कास्कीको अध्यक्षमा सुरेश श्रेष्ठ निर्वाचित

पोखरा, २४ भदौ / नेपाल निर्माण व्यवसायी संघ कास्कीको १४ औँ अधिवेशनले सुरेश श्रेष्ठका अध्यक्षतामा नयाँ

कार्यसमिति निर्वाचित गरेको छ । लोकतान्त्रिक प्यानलका सुरेश श्रेष्ठले प्रतिष्पर्धी वाम प्यानलका आनन्द

बराललाई ८७ मतले पछि पार्दै विजयी बने । श्रेष्ठले २ सय १० मत प्राप्त गर्दा बरालले १ सय २३ मत ल्याएका थिए ।

वरिष्ठ उपाध्यक्षमा वाम प्यानलका रामराज अधिकारी विजय भएका छन् । उनले २ सय ६ मत पाउदा

लोकतान्त्रिकका बलवहादुर रानाले १ सय २२ मत ल्याए ।

उपाध्यक्षमा पनि वामका हरी लम्साल १ सय ७० मत प्राप्त गरि विजयी बने उनका प्रतिष्पर्धी दीपेन्द्र मर्सानीले १

सय ५९ मत पाए । सचिवमा वामका सुवर्ण श्रेष्ठले १ सय ७५ मत ल्याएर विजयी हुँदा लोकतान्त्रिकका टीका

भुजेलले १ सय ४५ मत प्राप्त गरे । कोषाध्यक्षमा १ सय ८३ मत ल्याई लोकतान्त्रिकका लिलकाजी गुरुङ विजयी

बने उनका प्रतिष्पर्धी रवि खनालले १ सय ४० मत ल्याउन सफल भए ।

सहसचिवमा लोकतान्त्रिकका शिरष कुमार बास्तोला १ सय ६१ मत ल्याएर बिजयी बने उनका प्रत्याषी वामका

विनोद भण्डारीको १ सय ५२ मत ल्याए । सहकोषाध्क्षयमा पनि लोकतान्त्रीक समुहका हिरामणी भण्डारीले १ सय

७० मत पाउँदा वामका कृष्णप्रसाद ढकालले १ सय ४६ मत पाए ।

सदस्यहरुमा धुर्वबावु भट्टराई (आईडी) ले १ सय ९६ मत, उत्तम सिग्देल १ सय ८९, लक्ष्मण पाण्डे १ सय ६३,

हिक्मतजँग कार्की र ज्ञानेन्द घिमिरेको समान १ सय ५८ र संजय कुँवरले १ सय ५१ मत ल्याउदै विजयी बने ।

सदस्यमा विजयी भट्टराई, कार्की र घिमिरे लोकतान्त्रिक प्यानलका हुन् भने सिग्देल, पाण्डे र कुँवर वाम प्यानलका

हुन् ।

कमेन्टहरु
Loading...