विकासका लागि राजनीतिबाट माथि उठ्नुपर्छ – मन्त्री पुन

पोखरा, १७ कात्तिक/गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले विकासमा सत्तापक्ष र प्रतिपक्ष नभनी सबैको साथ र सहयोग आवश्यक हुने बताए । भरतपोखरी विकास मञ्चको प्रथम अधिवेशन, शुभकामना आदानप्रदान तथा छात्रबृत्ति वितरण कार्यक्रममा उनले समाज र राष्ट्रको विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।

पछिल्लो समयमा यस क्षेत्रमा देखिएको डेंगु संक्रमण प्रति प्रत्येक सर्वसाधारणलाई सचेत बन्न उनले आग्रह गरे ।  पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले वडाको समृद्धि र विकासका लागि पूर्वाधार विकास लगायतका कामले गति लिदै गएको बताए ।

भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले भरतपोखरी क्षेत्रको विकास एवम् सामाजिक जागरणका क्षेत्रमा मञ्चले गर्दै आएको भूमिकाबारे प्रकाश परे ।  कार्यक्रमका अवसरमा मञ्चका तर्फबाट पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरी स्थायी वसोवास भै विभिन्न विषयमा विद्यावारिधि प्राप्त गर्ने डा. अजय थापा, डा. अशोक थापा र डा.ढाकारम भण्डारीलाई सम्मान गरेका थियो ।

त्यस्तै भरतपोखरी क्षेत्रबाट एसइइ, ११/१२ कक्षा र स्नातक तहमा उत्कृष्ट अंक हासिल गर्ने क्रमशः नम्रता काफ्ले, सन्तोष काफ्ले र मीना सुवेदीलाई छात्रबृत्ति प्रदान ग।िरएको थियो । कार्यक्रममा मञ्चका सल्लाहकारहरू केशरप्रसाद निर्दोषी, डा. अजय थापा, महासचिव गणेशप्रसाद ढकाल लगायतले भरतपोखरी क्षेत्रको विकास एवम् सामाजिक सरोकारका विषयमा आआफ्ना धारणा राखेका थिए ।

यसैबीच मञ्चको प्रथम अधिवेशनले आगामी दुई वर्षे कार्यालयका लागि पुनः डिल्लीराम बरालको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । मञ्चको उपाध्यक्षमा दुर्गा केसी, महासचिवमा गणेशप्रसाद ढकाल, सचिवमा सुन्दर अधिकारी र कोषाध्यक्षमा गोविन्दप्रसाद गौतम हुनुहुन्छ । त्यस्तै सदस्यहरूमा चेतबहादुर महत, रनबहादुर गुरुङ, बाबुराम अर्याल, ऋषिमाया लामिछाने, विजया भण्डारी, दिनेश आचार्य र कल्पना सुनार विक हुनुहुन्छ । समितिको एक सदस्य पछि मनोनयन गर्ने जनाइएको छ ।

कमेन्टहरु
Loading...