नुवारथोकमा सरसफाई गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान

पोखरा, २ बैशाख/पोखरा लेखनाथ महानगरपालिका ७ नुवारथोक टोल विकास संस्थाले शनिबार सरसफाई गर्दै शुभकामना आदान प्रदान गरेको छ । संस्थाले पोखरा ७ नुवारथोकमा रहेको पुष्पलाल स्मृति पार्क सरसफाई गर्दै नयाँ वर्षको शुभकामना आदान प्रदान गरेको हो । पार्कभित्र रहेको चौतारो, खेलमैदान, गार्डेन लगाएको सरसफाई गरे ।

पुष्पलाल स्मृति पार्कमा रहेको फोहोरहरु टिप्ने, पातहरु समेल्ने, बोटविरुवा गड्मेल गरेका नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बरालले जानकारी दिए । उनले पार्कलाई सफा र व्यवस्थीत राख्न प्रत्येक महिनाको पहिलो शनिबार सर सफाई अभियान चलाउने बताए ।

उनले पार्क मात्रै नभई टोलमा पनि सफाई अभियान चलाउने बताए । सरसफाई कार्यक्रम पछि सुरु भएको शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रममा उनले सबैलाई शुभकामना दिएका थिए । कार्यक्रममा सबै जनाले एक अर्को सगँ नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए ।

नुवारथोकमा सरसफाई गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान
नुवारथोकमा सरसफाई गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान
नुवारथोकमा सरसफाई गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान
नुवारथोकमा सरसफाई गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान
कमेन्टहरु
Loading...