एमाओबादीले बहुमत ल्याए देश टुक्रिन्छ – बिजुच्छे

गोकुल बानियाँ
पोखरा ८ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुच्छेले आगामी संबिधानसभा निर्बाचनमा एकिकृत माओबादीले बहुमत पाए देश टुक्रिने दाबि गरेका छन् । एकिकृत माओबबादीले भने जस्तो जातिय संघियतामा गए देशमा जातिय हिंसा बढ्ने र देश टुक्रिने उनको दाबि छ । नेपाल मजदुर किसान पार्टी निर्बाचन परिचालन समिति कास्कीले आज पोखरामा गरेको पत्रकार भेटघाटमा बिजुच्छेले आसन्न निर्बाचनमा एकिकृत माओबादीले दुई दुई तिहाई मत ल्याए देशकै लागि घातक हुने जिकिर गरेका छन् ।

narman bujasएकिकृत माओबादीले जातिय राज्यको अडान राख्दा बिदेशीको ईसारामा पहिलो संबिधानसभा बिगठन भएको दाबि गर्दै उनले एमाओबादी र मधेशबादी दल शक्तिसाली भए देश बिखण्डित हुने बताए । एमाओबादीले भनेजस्तो जातिय राज्य र मधेशबाबदी दलले भनेको एक मधेश प्रदेश संभब नरहेको बिजुच्छेले बताए । एमाओबादीले बहुमत ल्याए आगामी संबिधानसभाबाट आफुले भनेजस्तो जातिय आधारमा राज्यको पुनसंरचना गर्ने र त्यसले देशलाई बिखण्डनतिर लैजाने उनले बताए ।

मधेशबादी दलले मधेशलाई नेपालबाटै अलग्याउन एक मधेश प्रदेशको प्रस्ताब अघि सारेको बिजुच्छेको अरोप छ । अहिलेको निर्बाचनलाई आफ्नो पार्टीले बैदेशिक हस्तक्षेप बिरुद्धको अबसरको रुपमा लिएको उनले बताएका छन् । नेमकिपाले लामो समयदेखि ईमानदारिताको राजनितिक छबि कायम राखेको दाबि गर्दै उनले बैदेशिक हस्तक्षेपको कारण नेपालमा संबिधान बन्न नसकेको बताए ।

कमेन्टहरु
Loading...