पोखरामा नक्कली पुलिस बनेर लाइसेन्स बनाइदिने भन्दै ठगी

पोखरा, १३ माघ /पोखरामा एक युवकले आँफु प्रहरी भएको र सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाईदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेका छन् । पोखरा २६ का सुवास थापाले विभिन्न ब्यक्तिसँग लाइसेन्स बनाउने भन्दै ३० हजारभन्दा बढी रकम मागेको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरेर गएको पुस ३० गते मुद्धा चलाएको कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । पक्राउ परेपछि ६ जना ठगिएको भन्दै सम्पर्कमा आएका उनले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको उनी बताउँछन् ।

‘पहिले सामान्य ठगी भनेर समातिएको हो । पछि धेरै उजुरी पनि आए, उनले भने–प्रहरी हुँ भनेर धम्क्याएको पनि गुनासो छ । पीडितसँग पनि कुरा भैरहेको छ । कानुन अनुसार कारबाही हुन्छ ।’ उनलाई जिल्ला अदालतबाट मुद्धा चलाईएको हो ।

कमेन्टहरु
Loading...