नक्कली सुन देखाएर ठगि गर्ने दुई जना पक्राउ

पोखरा, १४ असोज/विभिन्न बहाना बनाई ठगी गर्नेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रक्राउ गरेको छ । ठगीको आरोपमा धनुषाका २५ वर्षीय

नेत्रबहादुर श्रेष्ठ र बारा पथलैयाका जितबहादुर कार्की रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुले मादि गाउँपालिका ६ तप्राङ घर भई हाल

हस्पिटल चोक १२ मा बस्दै आएकी चित्रकुमारी गुरुङलाई सुन जस्तो पहेलो पदार्थ देखाई ललाई, फकाई गरि, सुनको मुगा माला १ थान (१ तोलाका),

रिङ २ थान (२ तोलाको), औंठी १ थान, (१ तोला) र नगद १२ हजार लिइ भागेका थिए ।

प्रक्राउ परेका उनीहरुको साथबाट सुन जस्तो देखिने २ थान लाप्सा, ३ थान औंठी, ३ थान सिक्रि र १० हजार ८ सय १४ सहित नियन्त्रणमा लिइए प्रहरी

जानकारी दिएको छ । उनीहरुको बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...