क्यान्सर पीडित ‘नजिन’लाई सहयोगका लागि अपिल

श्याम राना
पोखरा, २७ भदौ / धवलागिरी गाउँपालिका २ लम्सुङ, म्याग्दीका नजिन वि.क.को संसार नजिकबाट नियाल्ने

धोको थियो । तर, उनको सपना बिचैमा तुहियो । कारणः गत साउनमा नेपाल क्यान्सर अस्पताल ललितपुरले

उनको दाँया आँखामा क्यान्सर भएको बतायो । ८ वर्षको कलिलो उमेरमै उनी क्यान्सर जस्तो भयानक रोगको

सिकार हुन पुँगे ।

यतिबेला, आर्थिक स्थिति कमजोर भएको कारण उपचार गर्न गाह्रो परि रहेको छ । सहयोग संकलनको लागि

‘नजिन वि.क. बचाउ’ अभियान सुरु गरिएको छ । अहिले अभियान टोली पोखरा आई पुगेको छ । बुधबार

पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर अभियानकर्मिले सहयोगको अपिल गरेका छन् ।

अहिलेसम्म उपचारको लागि रु. ४ लाख खर्च भई सकेको अभियानकी संयोजक बबिता योञ्जनले बताइन् । ‘अर्को

हप्ता आँखाकोे फेरि अपरेसन हुँदै छ,’ उनले भनिन्, ‘उनको पारिवारीक अवस्था एकदमै कमजोर छ ।

देश/विदेशमा रहनु हुने सबैले सक्दो सहयोग गरिदिनुस् ।’ आँखाजस्तो संवेदनशिल अङ्ग सबैको राम्रो हुनुपर्ने

उनले सुनाइन् ।

गत बैशाखमा तिल गंगा अस्पतालमा लगेको आमा उदीमाया वि.क.ले बताइन् । ‘त्यहाँबाट क्यान्सर अस्पतालमा

पठाइयो,’ उनले भनिन् । नजिनका दिदी र दाइ छन् । उनी परिवारको कान्छो हुन् । बुबा भने परिवारको आर्थिक

जोहोका लागि विदेशीएका (कतार) छन् । सहयोग गर्न इच्छुकले गार्खाज बैंकमा नजिर वि.क.को खाता नम्बर

१०१८०११०१६२५६५२४ मा रकम पठाउँन सक्नूहुनेछ । साथै, संयोजक बबिता योञ्जनको मोबाइल नम्बर

९८०६१२६९३६, ९८०३४४६६१६ मा सम्पर्क गर्न सक्नूहुने छ । यसअघि, अभियानकर्मीले झापाका मृगौला पिडित

समिर तामाङको उपचारका लागि अभियान सञ्चालन गरेको थियो ।

नजिन विक बचाउ अभियान

Posted by Ganthan.com on Tuesday, September 11, 2018

कमेन्टहरु
Loading...