नेविसंघले घोषणा गरेको शैक्षिक हड्ताल फिर्ता

पोखरा, १४ फागुन / विद्यार्थी नेता पक्राउ परेको विरोधमा नेपाल विद्यार्थी संघले कास्कीमा अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा फिर्ता लिएको छ । नेविसंघले बिहीबार फागुन १५ गते देखी अनिश्चितकालीनका लागि शैक्षिक संस्था बन्दको घोषणा गरेको थियो ।

एक विद्यार्थी नेताले कास्कीका शैक्षिक संस्था बन्दको घोषणा फिर्ता भएको बताए । माग पुरा हुन लागेका कारण फिर्ता लिएको बनाए ।

नेविसंघले पिएन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको सांगठानिक मतभेदका कारण शैक्षिक गतिविधिमा असहज परिस्थिति सृजना भएको भन्दै सोमबार विज्ञप्ति जारी गरेको थियो ।

वार्ताका लागि सोमबार जादै गरेका विद्यार्थी नेताहरु किटानी जाहेरी दिई नेविसंघका नेता एवं स्ववियु सभापति पदका उम्मेदवार रेशम हमाल (राजेश) लाई क्याम्पस हाता भित्रैबाट प्रशासनको मिलेमतोमा पक्राउ गरिएको भन्दै आन्दोलन कार्यक्रम घोषणा गरेको थियो ।

नेविसंघले नेताहरूमाथि लगाइएको झुठा र कपोलकल्पित मुद्धा खारेजी र विनाशर्त तत्काल रिहाइको माग राखी आन्दोलन घोषणा गरेको थियो ।

कमेन्टहरु
Loading...