नेवि संघ कास्कीले शैक्षिक संस्था बन्द फिर्ता

पोखरा, १७ बैशाख /नेपाल बिद्यार्थी संघ कास्कीले मंगलबार देखी कास्की जिल्लाका शैक्षिक संस्थाहरु अनिश्चितकाल बन्द फिर्ता लिएको छ ।

गिरफ्तार विद्यार्थी नेताहरुको रिहाइ भएको र पोखारा विश्वविद्यालयले बार्ताका लागि बोलाएका कारण आन्दोलन फिर्ता लिएको नेविसंघका नेता भानु ढकालले जानकारी दिए ।

उनले पोखरा विश्वविद्यालयमा विगत ३ महिना देखी जारी आन्दोलनका बारेमा बार्ताका वातावरण बनेको भन्दै फिर्ता लिएको बताए । पोखरा विश्व विद्यालयको शान्तिपुर्ण आन्दोलनमा प्रशासनद्वारा विद्यार्थीमाथी गरिएको धडपकड गरेको भन्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।

आन्दोलनका क्रममा विद्यार्थी नेता बिकास रानाभाट, फिरोज सुवेदी, प्रताप बानियाँ, शुष्मा गौतम, प्रबिन ओझा, रागब तिवारी, सरोज शाह, आशिष पौडेल, अशोक तिमिल्सिना लगायतका नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

कमेन्टहरु
Loading...