प्रेस युनियन कास्कीका अध्यक्ष सिग्देललाई सम्मान

पोखरा, २४ फागुन । नारी परोपकार केन्द्र पोखरा – ८ सिमलचौरले नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित नवीन सिग्देललाई सम्मान गरेको छ ।केन्द्रको १८ औ स्थापना दिवस तथा अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा अध्यक्ष सिग्देललाई सम्मान गरिएको हो ।

केन्द्रकी अध्यक्ष शारदा गिरी र विश्व हिन्दु महासंघ कास्कीकी उपाध्यक्ष पार्वती पौडेल लगायतले उनलाई माला, दोसल्ला र अविर लगाइदिएर सम्मान गरेका हुन् । केही दिन अघि सम्पन्न अधिवेशनबाट सिग्देल अध्यक्षमा निर्वाचित भएका थिए ।त्यसअवसरमा केन्द्रले कानुनी सचेतना कार्यक्रम गरेको थियो । कार्यक्रममा ६० जना महिला सहभागि थिए । कार्यक्रममा अधिवक्ता माधवी पाण्डेले सहजिकरण गरेकी थिईन् ।

कार्यक्रम उद्घाटन गर्दै नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले महिलाको पक्षमा कानुन बनेकाले महिलाहरु राज्यका महत्वपूर्ण निकायमा सुरक्षित भएको बताए ।विश्व हिन्दु महासंघ कास्कीकी उपाध्यक्ष पार्वती पौडेलले सवै मिलेर समाज रुपान्तरणमा लाग्नु पर्नेमा जोड दिईन् ।त्यसअवसरमा समाजसेवी रश्मी चालिसे र हिमचुली महिला सहकारी संस्थाकी अध्यक्ष उमा पराजुलीले बोलेका थिए ।नारी परोपकार केन्द्रकी अध्यक्ष शारदा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राधा शर्माले स्वागत र सचिव पार्वती गिरीले संचालन गरेकी थिईन् ।

कमेन्टहरु
Loading...