नाट्टा गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि झबी अधिकारी समुहद्धारा उमेद्धवारी घोषणा

पोखरा, २८ माघ / नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकी प्रदेश नयाँ नेतृत्वका लागि झबी अधिकारी समूहले उमेद्धवारी घोषणा गरेको छ ।

झबी अधिकारीको नेतृत्वमा रहेको टिमको प्रथम उपाध्यक्षमा सुबास भण्डारी, द्धितिय उपाध्यक्षमा नेत्रपाणी भण्डारी (बाबुराम), महासचिवमा कुलचन्द्र शर्मा, सचिव चेतन कार्की, कोषाध्यक्ष विश्वराज आचार्य, सहकोषाध्यक्ष नवराज भण्डारी रहेका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा शोभाकर तिवारी, सुशिला सिग्देल, खेमबहादुर नेपाली, प्रकाश सुबेदी, फणेन्द्र थापामगर रहेका छन । १५ सदस्यीय बन्ने समितिको सदस्यमा २ जना अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ ।

प्रथम उपाध्यक्षका उमेद्धवार सुवास भण्डारीले आफुहरुको साथमा १४ जना पुर्व अध्यक्ष मध्ये अधिकांस अध्यक्षको साथ रहेको बताए । उनले व्यवसायीक हक र अधिकारका लागि आफ्नो समुह लागि पर्ने बताए । उनले व्यावसायीहरुको साथ आफ्नो समुहलाई भएको बताए । नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न आफूहरुको समूह लागि पर्ने उनको भनाई छ ।

उनले साना तथा टूरिष्ट भेईकलले उठाउँदै आएको शुल्कका सम्बन्धमा आवश्यक मापदण्ड निर्माण गर्ने, अन्य पर्यटकीय संघसंस्था सँग मिलेर नाट्टा प्रोमोसनल टूरलाई अन्तराष्ट्रिय क्षेत्रसम्म बिस्तार गर्ने आफूहरुको प्रमुख एजेण्डा रहेको बताए । फागुन ३ गते हुने निर्वाचनले २ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

कमेन्टहरु
Loading...