मुग्लान रेष्टुरेन्टको टिप्स बक्सको रकम सहारा एकेडेमीलाई

पोखरा, २२ साउन/पोखरा सभागृहचोकमा स्थित मुग्लान रेष्टुरेन्ट एण्ड बारले टिप्स बक्समा जम्मा भएको रकम सहारा एकेडेमीलाई प्रदान गरेको छ । आफ्नो ब्यवसाय संगै रेष्टुरेन्टले संस्थाको सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले टिप्स बक्समा जम्म भएको रकम एकेडेमीलाई प्रदान गरेको हो । अधिकांश होटल तथा रेष्टुरेन्टहरुमा काउ्रन्टर अगाडी टिप्स बक्स राख्ने चलन हुन्छ । ग्राहकहरुले टिप्स बक्समा धन्यबाद दिनका लागि पनि टिप्स बक्समा आफ्नो खुसी अनुसार रकम खसाल्ने काम गर्छन । त्ससमा जम्मा भएको रकम प्राय संचालकहरुले नै राख्छन वा कामदारहरुले बाँडेर लिने चलन हुन्छ । तर मुग्लानले भने यसलाई सामाजिक उत्तरदायित्व बहनका लागि प्रदान गरेको हो ।

अष्ट्रेलियाको सिडनीमा दुई र पोखरामा एक गरि मुग्लानले तिन वटा चेन रेष्टुरेन्ट संचालन गरिरहेको छ । मुग्लानमा आउने ग्राहकहरुले सेबा बाट खुसी हुँदै भ्याट र अतिरिक्त कर बाहेक टिप्स बक्समा खसालेको रकम सहारा एकेडेमीलाई प्रदान गरिएको मुग्लानका संचालक राजमान थकालीले बताए । “६ महिना देखि सुरु भएको रेष्टुरेन्टमा टिप्स बक्समा ५ हजार जम्मा भएको रहेछ हामी अहिले त्यही रकम दिंदैछौ”– उनले भने । उक्त रकम सहारा क्लबका अध्यक्ष केशब थापा, पूर्व अध्यक्ष बिक्रम थकाली लगाएतलाई हस्तान्तरण गरेका थिए । “सिडनीका रेष्ट्रेन्टमा जम्मा भएको रकम वार्षिक रुपमा हामी सोझै सहारा क्लबलाई दिन्छौ” थकालीले भने–“वार्षिक ३ लाख जति संकलन हुन्छ र त्यस मध्ये बाट सहरा द्वारा संचालित आहा रारा फुटबलको दोश्रो पुरुस्कार राशी २ लाख ५१ हजार समेत त्यही रकम बाट दिदंै आएका छौं ।” उनले सात वर्ष देखि लगातार सहयोग गर्दै आइरहेको समेत बताए ।

पोखरा सभागृहचोकको मिडटाउनमा करिब ६ महिना अघि देखि संचालनमा आएको मुग्लानमा ३६ जना रोजगारको अबसर समेत पाएका छन ।सहारा क्लब द्वारा संचालित सहारा एकेडेमीले देशभरिका कठिन परिस्थितीका बालकहरुलाई राखेर अध्ययन संगै फुटबल प्रशिक्षणको ब्यवस्था गरिरहेको छ । रकम ग्रहण गर्दै सहराका अध्यक्ष केशब थापाले मुग्लान बाट प्राप्त भएको रकम थोरै भए पनि यो एउटा उदाहरणिय कार्य भएका बताउँदै भने–“मुग्लानले सबैलाई सहयोग गर्नु पर्छ भन्ने भावनालाई जागृत गराएको छ यसलाई हामी सलाम गर्छौ ।”

कमेन्टहरु
Loading...