मदरल्याण्डमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता हुने

पोखरा, ९ जेठ / पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयले रजत जयन्ती वर्ष कार्यक्रमको अवसर पारेर जेठ २१ गते जिल्लास्तरीय चित्रकला प्रतियोगिता गर्ने भएको छ ।

बाल बालिका, शिक्षा र विद्यालय भन्ने विषय तथा शीर्षकमा हुन लागेको उक्त प्रतियोगितामा कास्की जिल्लाभरिका विद्यालयबाट कक्षा १० सम्मका विद्यार्थीमध्ये १ जना छात्रा पर्ने गरी दुई जना प्रतियोगी सहभगी हन पाउने कुरा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिनुभएको छ ।

विद्यालय प्राङ्गणमा आयोजना हुने उक्त चित्रकला प्रतियोगितामा प्रतियोगीहरूले पानी रङ, पोष्टर, पेस्टल आदि जस्ता जुनसुकै माध्यम तथा कलरको प्रयोग गर्न सक्ने छन् ।

जेठ १९ गते चार बजेसम्म दर्ता समय राखिएको उक्त कार्यक्रममा फोन मार्फत पनि दर्ता गर्न सकिने छ । प्रतियोगीले चित्र कोर्नका लागि दुई घण्टाको समय राखिएको उक्त कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विजयी विद्यार्थीहरूलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार, ३ हजार र ट्रफी तथा प्रमाणपत्रका साथ पुरस्कृत गर्ने कुरा कार्यक्रम संयोजक तथा कला शिक्षक दलबहादुर गुरुङले बताउनुभएको छ । साथै सहभागी सम्पूर्ण विद्यालयहरूले प्रमाणपत्र पाउने बताइएको छ ।

कमेन्टहरु
Loading...