मदरल्यान्डमा बाल बालिकाको समय सापेक्ष शिक्षा र व्यक्तित्व विकासमा जोड

पोखरा, २६ साउन / सार्थक तथा उपलब्धिमूलक शिक्षण सिकाइमा शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धलाई मध्यनजर गर्दै पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयले शनिबार शिक्षक अभिभावक अन्तरक्रिया गरेको छ ।

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि घर र विद्यालयको वातावरण सिकाइ अनुकूल हुनुपर्ने तथा समय सापेक्ष शिक्षा र व्यक्तित्व विकासमा शिक्षक र अविभावकले जोड दिएका थिए ।

कार्यक्रममा उपस्थित अभिभावकहरूले आफ्ना बाबुनानीहरूको समयानुकूल व्यावहारिक शैक्षिक विकासमा विद्यालय र शिक्षक शिक्षिकाले खेलेको भूमिकाको सराहना गर्दै आवश्यक सरसल्लाह तथा रचनात्मक एवं सकारात्मक सुझावहरू दिएका थिए ।

अहिलेको समय घोकन्ते, प्रमाणपत्र र सिद्धान्त केन्द्रितभन्दा पनि प्रयोगात्मक, व्यवहारिक र असल आचरणयुक्त शिक्षाको समय भएको कार्यक्रममा बताइएको छ ।

दुई, पाँच र सातका आआफ्ना कक्षा शिक्षकहरूले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका निर्देशक त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल, एकेडेमिक डीन प्रेमनारायण पोखरेल लगायतले शिक्षालाई अझै प्रभावकारी बनाउने भन्ने बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...