मदरल्याण्डमा कविता लेखन तथा वाचनमा ३६ जना

पोखरा, १६ पुस/पोखरा लोखनाथ महानगरपालिकाको मासवारमा अवस्थित शैक्षिक धरोहर मदरल्यान्ड माध्यमिक विद्यालयमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । कक्षा छ देखि नौ सम्मका विद्यार्थीहरू सहभागी भएको कार्यक्रममा कक्षागत रूपमा छनोट गरी अन्तिम चरण सञ्चालन गरिएको थियो । अन्तिम चरणको प्रतिस्पर्धामा कक्षा छ देखि नौ सम्मबाट कक्षागत छनोट भएका ३६ जना विद्यार्थीहरू सहभागी भएका थिए ।

विज्ञान, प्रविधि, वातावरण, समाज, संस्कृति, देशप्रेम जस्ता विविध क्षेत्रमा मार्मिक भाव समेटिएका कविताहरू लेखन तथा वाचन गरिएको उक्त कार्यक्रममा कक्षा छ र सात अन्तर्गत प्रथम निकिता अधिकारी, द्वितीय मेधावी सुवेदी, तृतीय एलिसा गिरी र सान्त्वना क्रमशः सतीश रेग्मी र अञ्जान पौडेलले हात पारेका थिए भने कक्षा आठ र नौअन्तर्गत प्रथम सृष्टि पराजुली, द्वितीय अनुपम सुवेदी, तृतीय दीप्सन गुरुङ र सान्त्वना स्थान क्रमशः संयम गिरी र दीपशिखा सुनारले हात पार्न सफल भएका थिए ।

विद्यालयका नेपाली विभागीय प्रमुख डण्डपाणि सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा निर्णायकका रूपमा नेपाली विभागका सदस्यद्वय होमनाथ भट्टराई र हरिप्रसाद पौडेल रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन छात्राद्वय मानसी तिमिल्सिना र सम्पदा अधिकारीले गरेका थिए ।

कमेन्टहरु
Loading...