कास्की प्रहरीले मोटरसाईकल चोर्ने गिरोहका १९ जना पक्राउ

382

पोखरा, १३ चैत /पोखरामा मोटरसाइकल र स्कुटर चोरीमा संलग्न गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङजा र तनहूँका विभिन्न ठाउँबाट पक्राउ गरिएका चोरीमा संलग्नहरुलाई सोमबार कास्की प्रहरीले सार्वजनिक गरेको छ ।

कास्कीका विभिन्न ठाउँबाट चोरी भएका स्कुटर र मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी उनीहरुले अर्कै ब्यक्तिलाई सस्तोमा बेच्दै आएका थिए । मोटरसाईकल चोरिएको सूचना आएपछि शनिबार विहान कास्की प्रहरीले अनुसन्धान गरी पोखरा ३ नदिपुर स्थित फिल्महलबाट चोरी गर्दै गरेको अवस्थमा २ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुको अनुसन्धान गर्ने क्रममा अरु पनि पक्राउ परेका हुन् । ‘सोधपुछका क्रममा उनीहरुले भिमादका दिवस रानालाई चोरीको मोटरसाईकल दिने गरेको खुल्यो । उनलाई पनि पक्राउ गरेर अनुसन्धान गरेपछि १९ जना पत्ता लागेका हुन्, कास्की प्रहरी प्रमुख अशोक सिंहले भने–त्यसपछि मोटरसाईकल सहित अरुलाई पनि पक्रिन सजिलो भयो । घटनामा सहयोग गर्ने वर्कशप सञ्चालकलाई पनि पक्राउ गरी कारबाही अघि बढाईएको छ ।’

पक्राउ परेका  मो.सा चोरीमा संग्लन ब्यक्तिहरु

  • जि. तनहुँ भिमाद गाउपालिका ६ माझकोट बस्ने बर्ष २२ को दिबश राना ।
  • जि .कास्की पो.ले.म.न.पा १० रामवजार बस्ने बर्ष २० को बिकाश क्षेत्री ।
  • जि .कास्की पो.ले.म.न.पा १० रामवजार १९ को अभिषेक सुनार ।
  • जि.न.प.बुङदिकाली गाउपालिका ३ सिउन बस्ने बर्ष २२ को युवराज रुचाल ।
  • जि.तनहूँ भिमाद न.पा-बागटार बस्ने बर्ष ४० को कृत बहादुर नेपाली ।
  • जि.तनहूँ भिमाद न.पा-बागटार बस्ने बर्ष १९ अर्जुन नेपाली ।
  • जि.वारा इनर्वा नगरपालिका २० गोटवडिवा बस्ने बर्ष १७ को उचिर चुरिहार ।
  • जि तनहुँ भिमाद नगरपालिका ४ पिरुङ बस्ने बर्ष २२ को सुनिल थापा ।
  • भारत मोतिहारि जिल्ला सिक्ताको बर्ष १७ को संम्शाद आलम ।
  • जि.स्याङजा हरिनाथ न.पा ७ चाङसिङ बस्ने बर्ष २२ को मदन चन्द ठकुरी ।
  • जि.स्याङजा हरिनाश गा .पा ६ देगाछाप बस्ने बर्ष २२ को अरुण आले ।
  • जि.स्याङजा हरिनाश गा.पा.२ गुरुजा बस्ने बर्ष २८ को ओम राना ।
  • जि.स्याङजा हरिनाश गा.पा.४ गिरकोट बस्ने बर्ष २० को रेशम आले ।
  • जि.तनहु भिमाद न.पा.७ राङरुङ बस्ने बर्ष २२ को रेशम आले ।
  • जि.तनहु भिमाद न.पा.७ पाङमि बस्ने बर्ष २० को लक्ष्मण परियार ।
  • जि.स्याङजा हरिनाश गा.पा.७चाङसिङ बस्ने २८ बर्ष डोलराज चन्द्र ठकुरी ।
  • जि.स्याङजा हरिनाश गा.पा.७ चाङसिङ बस्ने बर्ष २४ को हिरा सिंह थापा
  • जि.भिमाद न.पा.७ पिरुङ बस्ने बर्ष १९ को सुरज राना ।
  • जि.वारा विरगंज गा.पा.१ त्रिवेणी २२ को रामबाच दास ।बरामद भएका मो.सा हरुको पक्राउ स्थान समेतको विवरण :-
    सि.न ईन्जिन नम्वर च्यासिस नम्वर सवारीको रंग पक्राउ स्थान
    DKZCEC3371 MD2A13EZ3ECC43850 कालो २२० पल्सर जि स्याङजा हरिनास गा.पा ४ गृहकोट
    JEZCFE36560 19-8-15TNS रातो १५० पल्सर जि स्याङजा हरिनास गा.पा ४ गृहकोट
    DKZCGL78491 2A13E73GC10853 निलो २२० पल्सर जि स्याङजा हरिनास गा.पा ४ गृहकोट
    DJZCFD33260 MD2A12DZ3FCD14767 निलो १८०पल्सर जि.तनहँ भिमाद न.पा ७ कडेलचोक
    DKZCGK71970 MD2A12EZ4GCK02188 रातो कालो २२० पल्सर जि.तनहँ भिमाद न.पा ७ कडेलचोक
    DKZCED36827 MD2A13EZXECD46098 कालो २२० पल्सर जि.तनहँ भिमाद न.पा ७ कडेलचोक
    DKZCFG62959 NDRA13ZE2ECG70727 रातो  २२०पल्सर जि.तनहँ भिमाद न.पा ७ कडेलचोक
    DKZCGM90321 MD2A13EZ3GCN20382 निलो २२० पल्सर जि.तनहँ भिमाद न.पा ७ कडेलचोक

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...