नवौ संस्करणको मिस पोखराको अडिशन भदौ ६ देखी

पोखरा, २ भदौ /मिस नेपाल पछिको सबैभन्दा चर्चित र सर्बाधिक पुरस्कार राशी भएको सौन्दर्य प्रतियोगिता मिस पोखराको नवौंै सिजनको अडिशन भदौ ६ गते देखि सुरु हुदै छ । पोखरा जेसीसको आयोजनामा हुने मिस पोखरा मोफसलमै आयोजना गरिने सौन्दर्य प्रतियोगिता मध्ये उत्कृष्ट र गरिमामय प्रतियोगिता अन्तर्गत पर्दछ ।

सन् १९९४ सालदेखी नेपालमा मिस नेपालको शुरुवाती संगै १९९५ सालमा पोखराबाट शुरु गरिएको मिस पोखरा मोफसलमै गरिने पहिलो सौन्दर्य प्रतियोगिता हो । मिस पोखरा २०१७ को लागि बिभिन्न ब्यापारिक प्रतिष्ठानले कार्यक्रम सफल बनाउन सहकार्य गरेका छन् । जस मध्ये मुख्य प्रायोजकको रुपमा मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेज, सह प्रायोजकको रुपमा यामाहाको फेसिनो स्कुटर, प्रायोजकको रुपमा बेकल्याण्ड फुड्स रहेको छ भने विशेष सहयोगीको रुपमा पोखरा लेखनाथ महानगरपालिकाले सहयोग गरेको छ ।

त्यस्तै बैंकिङ्ग पार्टनर गण्डकी बिकास बैंक लिमिटेड, हस्पिटालिटि पार्टनर होटल पोखरा बाटिका, होटल पार्टनर डाँफे होटल, ट्राभल पार्टनर कम्युनिटि नेपाल ट्राभल एण्ड टुर्स, साउण्ड पार्टनर एसके साउण्ड एण्ड लाइट, टिभि पार्टनर एबिसि टेलिभिजन, रेडियो पार्टनर बिग एफ एम, अनलाइन पार्टनर एस टु प्रोडक्सन र गन्थन डट कम, रेष्टुरेण्ट पार्टनर डिलाइट रेष्टुरेण्ट र परिकार रेष्टुरेण्ट, एनिमेशन पार्टनर मिरर् किङ्ग प्रा.लि. आदी छन् भने कार्यक्रमलाई नागरिक पश्चिमेलीले प्रस्तुति गरेको मिस पोखरा २०१७ का मुल संयोजक शिव सापकोटाले जानकारी गराए ।

मिस पोखरा अन्य सौन्दर्य प्रतियोगिता भन्दा महत्वपूर्ण र प्रतिष्ठित रहेको पोखरा जेसीसका अध्यक्ष शिव कोईरालाले बताए । उनका अनुसार मिस पोखरा बन्न सफल प्रतियोगीले सोझै मिस नेपालको ट्रेनिङमा प्रवेश पाउनेछन् । साथै मिस नेपाल पछिको सर्बाधिक पुरस्कार राशी पनि रहेको उनले दाबी गरे । मिस पोखरा २०१७ की बिजेताले उपाधी क्राउन संगै यामाहाको फेसिनो स्कुटर, पचास हजार रुपैया नगद र अन्य आकर्षक उपहारहरु पाउनेछिन् ।

त्यस्तै फस्ट रनरअपले उपाधी क्राउन संगै तीस हजार नगद र अन्य आकर्षक उपहारहरु, सेकेन्ड रनरअपले उपाधी क्राउन संगै बीस हजार नगद र अन्य आकर्षक उपहारहरु प्राप्त गर्नेछन् भने अन्य दश वटा बिभिन्न सब टाइटलमा पनि पुरस्कृत गरिने भएको छ । अन्तिम प्रर्तिस्प्रर्धा आगामी असोज ५ गते घटस्थापनाको दिन बिबिध सांगीतिक कार्यक्रमको साथ हुनेछ ।

कमेन्टहरु
Loading...