हाईस हक्की संघको बैंठक पर्यटकीय गाँउ मिर्सामा

पोखरा, ८ कार्तिक /पोखरा क्षेत्रमा विभिन्न खेल गतिविधिबाट पनि यहाँको आर्थिक विकास गराउन सकिने भएको एक कार्यक्रममा वोल्ने वक्ताहरुले बताएका छन । आईतबार कास्की माछापुच्छे« गाविसको पर्यटकीय गाँउ मिर्सामा आयोजना भएको कास्की जिल्ला हाईस हक्की संघको बैठक तथा स्वागत कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

पोखरा क्षेत्र भएका प्रकृति श्रोत साधनले मात्र पर्यटकहरु आकर्षण नभई उनीहरुको वसाई लम्वाउने देखि नयाँ खेल पर्यटकको गन्तव्य वनाउन पनि पोखरा क्षेत्रमा खेल पर्यटनको आवश्यक भएको जसले पोखरा क्षेत्रको समग्र आर्थिक विकास गराउने भएको वक्ताहरुको जोड थियो । साहासिक खेल पर्यटनको केन्द्र वन्दै गएको पोखरामा सम्भावित खेलहरुको भौतिक पुर्वाधार सहितको खेत गतिविधिहरु हुन सके यहाँको आर्थिक समृद्धि हुने उनीहरुको भनाई थियो ।

अन्तर्राष्ट्रिय हाईस हक्की महासंघका उपाध्यक्ष एंव परामर्शदाता तथा हाईस हक्की संघ फ्रान्सका अध्यक्ष समेत रहेका लुक टारडिफले पोखरा प्रकृतिक सौन्दर्यता, यहाँको कला संस्कृतिले गर्दा पर्यटन क्षेत्र प्रवद्र्धन भएको बताउदै अझ यहाँको आर्थिक गतिविधि बढाउन यहाँ खेल पर्यटनको आवश्यक भएकोमा जोड गरे । हाईस हक्की नेपालमा धेरै सम्भावना भएकोले नेपालमा हाईस हक्की खेल्ने रिङ आवश्यक भएको बताए । पर्यटकीय गाँउ मिर्सावासीहरुले दिएको अतिथि सत्कारले आफु प्रभावित भएको बताए।

नेपाल हाईस हक्की संघका अध्यक्ष लोकबहादुर शाहीले आर्थिक पर्यटनमा खेलकुद, पर्यटन र विकास एकैसाथ जोडेर संघ अघि बढ्ने क्रममा नेपालका गाँउ ठाँउहरुसम्म जाने बताए । मिर्सामा पुगेर पहिलो पटक होम स्टेमा वस्दा आफुहरुलाई निकै आनन्द आएको बताएका उनले व्यक्ति स्वस्थ्य हुनको लागि शारीरिक व्यायम तथा खेलकुद आवश्यक भएकोमा उनले जोड गरे। पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले देशका धेरै गाँउ ठाँउहरुमा खेलकुदको गतिविधि बढाउन खेल पुर्वाधार निमार्णमा जोड दिनुपर्ने बताए ।

मिर्सा होम स्टे व्याबस्थापन समितिका अध्यक्ष बुद्धि कुमारी गुरुङ (नानी) ले हाईस हक्की संघको कार्यक्रम होम स्टेमा आएर गर्दा आफुहरु निकै प्रभावित भएको बताउदै खेलकुदका गतिविधि बढाउने गरी गाँउमा कार्यक्रम आवश्यक भएको उनले बताईन । हाईस हक्की संघ कास्कीका अध्यक्ष बिद्या मर्सानीको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रममा उपाध्यक्ष सुर्य प्रसाद श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपक गोदार, सचिव पुनम गुरुङ लगायतले वोलेका थिए ।

उक्त अवसरमा संघ कास्कीका सल्लाहकार गोविन्द बहादुर पहारीलाई वदाई ज्ञापन गरीएको छ। मिर्सामा पुगेका खेलकुदकर्मीहरुलाई स्थानीयले फुलमाला सहित अविर लगायर स्वागत गरेको नेपाल हाईस हक्की संघका उपाध्यक्ष पर्यटन व्यवसायी मदन केसीले बताए । तातोपानी खारापानी क्षेत्रबाट पश्चिम उक्तर तर्फको डाँडाँमा करीब ३० मिनेटको पैदलबाट मिर्सा गाँउ पुग्न सकिने स्थानीय सदिक्षा गुरुङले बताईन ।

कमेन्टहरु
Loading...