कानूनी उपचारका लागि उजुरी दिन्छु–एन्फा कास्की अध्यक्ष गुरुङ

पोखरा, ८ माघ / मंगलबार गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दिपक मनाङे) बाट कुटिएका कास्की जिल्ला फुटबल संघका कास्कीका अध्यक्ष मिलन गुरुङले कानूनी उपचार खोज्ने बताएका छन् ।

लेखनाथको भण्डारढीकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सदस्य गुरुङले एन्फा कास्की अध्यक्ष गुरुङमाथि हातपात गरेका थिए ।

हातपात गरेको भोलिपल्टै बुधबार गुरुङले पत्रकार सम्मेलन गर्दै गर्दै फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफुमाथि भएको हातपातको कानूनी उपचार खोज्ने स्पष्ट पारे । ‘हातपातको कानूनी उपचारको लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशान कार्यालय कास्कीमा उजुरी दिदैं छु ।’ उनको भनाई थियो । ।’ उनले भने–‘सार्वजनिक ठाँउमा गाली गलौज गरे । मुक्का प्रहार गर्यो । मैले मेरो जिउज्यानको सुरक्षा र सार्वजनीक स्थानामा दुरव्यवहारका लागि जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिदैं छु ।’

पोखरामा पहिलो पटक मुख्यमन्त्री कप आयोजना गरिएको बताउँदै उनले सार्वजनिक ठाउँमा गाली गलौज गर्दै मुक्का हान्दा आफुले भने संयमता अपनाएको दावी गरे । ‘मैले संयमता अपनाए । प्रदेश सदस्यको हैसियतलाई मर्यादा गरे ।’ उनले भने । उनले गण्डकी प्रदेशको इज्जत जोगाउन आफु संयम बनेको जिकिर गरे ।

‘मंगलबार दिउँसो १ बजे फुटबलको ओपनिङ थियो । कार्यक्रम केही ढिलो भएको थियो । उहाँ (राजीव) केही तनावमा हुनुहुन्थ्यो । मनाङबाट आएको टोलीलाई होटल ग्राउण्ड नमिलाईदिने भन्दै कराउनभयो । फुटबलमा डे आफ्टर/बिफोर हुन्छ । मैले त्यो बारे बुझाउन खोजे ।

तर पैसा नतिर्ने भन्दै कराए । मैले सहदैं गएँ । उहाँले मुक्का हान्नुभयो ।’ गुरुङले बेलिविस्तार लगाए । मुख्यमन्त्री कपका संयोजक तथा एन्फा केन्द्रिय कमिटीका उपाध्यक्ष कृष्ण थापाले सांसद गुरुङको क्रियाकलाप ‘लज्जास्पद’ भएको प्रतिक्रिया दिए ।

कमेन्टहरु
Loading...