राखी मिजुरे सडक खण्ड स्तरोन्न्तीका लागी पाँच करोड वजेट विनियोजन

पोखरा, २४ असार / राखि मिजुरे ग्रामिण सडकको चालु आर्थिक वर्ष २०७५/०७६ मा स्तरोन्ती हुने भएको छ । जिल्ला समन्वय समिति कास्कीको पहलमा संघिय सरकार र पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा सडक स्तरोन्नती हुन लागेको हो । सडक स्तरोन्नतीका लागी संघिय सरकारले पाँच करोड ५८ लाख र पोखरा लेखनाथ महानगरपालिका वडा नं २८ ले एक करोड ५० लाख वजेट छुट्याएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ विजयपुरदेखी सुरु हुने राखि मिजुरे सडक खण्ड २७ किलोमिटर रहेको छ । २०५९/०६० मा ओटासिल प्रविधिवाट पीच भएको १९ कीलोमिटर वाटो तत्पश्चात मर्मत संभार हुन सकेको थिएन । सडकको स्तरोन्नतीसँगै कास्कीको पुर्वी भेक र लमजुङवासिहरु लाभान्वीत हुने छन ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैन वहादुर क्षत्री, जिल्ला समन्वय अधिकारी डिल्लीराम सुवेदी, पोखरा लेखनाथ महानगरपालिका वडा नं २८का वडाध्यक्ष निर्मल दियाली, प्राविधिक र संचारकर्मीहरुको टोलीले विहिवार उक्त वाटोको अनुगमन गरेको थियो ।

केन्द्र सरकारले छुट्याएको वजेटवाट विजयपुर देखी साढे १० किलोमिटर सडक वटासिल प्रविधिवाट पिच गरिने छ भने वाँकी रकम मादी गाउपालिका अन्तर्गत पर्ने सडक खण्डमा मर्मत गरिने भएको छ । ‘केन्द्रबाट आएको बजेटले साढे १० किलोमिटर सडक कालोपत्रे गर्ने छौं,’ जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैन वहादुर क्ष्मत्रीले भने, ‘बाँकी भागमा केही क्षेत्र ग्राबेल हुनेछ भने केही भागमा सामान्य मर्मतमात्रै हुनेछ ।’

महानगरले छुट्याएको १ करोड ५० लाख आफ्नो वडा क्षेत्रभित्रको सडक विस्तारमा खर्च गर्ने वडाध्यक्ष निर्मल दियालीले बताए । ‘महानगरले सडकको स्तरोन्नतिका लागि बजेट छुट्याएको छ, त्यो बजेटसमेत हामीले राखी–मिजुरे सडकखण्डकै मर्मतसंभारमा लगाउने भएका छौं,’ उनले भने, ‘त्यो बजेट यही वडा कै क्षेत्रमा मात्रै खर्च हुनेछ ।’ महानगरको वजेटले सडक खण्डको करिव तीन किलोमिटर ग्राभेल गरिने योजना वडाकार्यालयले वनाएको छ ।

सडक स्तरोन्नतिका लागि राष्ट्रिय यातायात सुदृद्धिकरण परियोजना (एसएनआरटी) ले सर्वेक्षण गरिसकेको जिल्ला समन्वय समितिका प्रमुख दिल्लीराम अधिकारीले सुनाए । ‘सर्वेक्षण भइसकेको छ, एसएनआरटीको नीतिमा १ किलोमिटरका लागि जम्मा १२ लाखमात्रै खर्च गर्न पाउने भन्ने रहेछ, त्यही अनुसार सडकको मर्मत सम्भार हुन्छ’ उनले भने ।

कमेन्टहरु
Loading...