चट्याङबाट घाइते देवीलाई मिड टाउनको सहयोग

पोखरा, ११ चैत /चट्याङका कारण घाइते भएकी वाराही स्कुल कक्षा ९ ‘ख’मा पढ्ने देवी बि.क. लाई लायन्स क्लब अफ पोखरा मिड टाउनले आर्थिक सहयोग गरेको छ । सिन्धुली स्थायी घर भइ हाल पोखरा–५ धारा पानी बस्ने देवीलाई क्लबले १३ हजार ३ सय रुपैयाँ सहयोग गरेको हो ।

चट्याङबाट घाइते देवीलाई मिड टाउनको सहयोग
चट्याङबाट घाइते देवीलाई मिड टाउनको सहयोग

क्लबका इलेक्टेड प्रेसिडेन्ट विष्णुप्रसाद बास्तोला, सहकोषाध्यक्ष विजय पाठक र डाइरेक्टर हरि थापाले वाराही स्कुलका प्रधानाध्यापक शिवप्रसाद भण्डारीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । घाइते देवीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गत फागुन अन्तिम साता स्कुलबाट घर फर्किने क्रममा परेको चट्याङबाट देवी घाइते भएकी थिइन् ।

घाइते देवी परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा केही राहत पु¥याउने उद्देश्यले क्लबले सहयोेग गरेको सहकोषाध्यक्ष पाठकले जानकारी दिए । सहयोग संकलन अभियानमा क्लबका साथै शिव कुमार पौडेल, प्रकाश गिरी, भिशन गुरुङ, हरि केसी, केदारप्रसाद श्रेष्ठ, उद्दिमबहादुर गुरुङ र अर्जुन अधिकारीले पनि सहयोग पु¥याएको पाठकले जानकारी दिए । क्लबका तर्फबाट प्राप्त आर्थिक सहयोगले घाइते देवीको उपचारमा राहत पुग्ने प्रधानाध्यापक भण्डारीले बताए ।

कमेन्टहरु
Loading...