पोखरामा मिटर ब्याजले बाच्नै कठिन, नोट लेखेर ढुंगाना वेपत्ता

पोखरा, १५ साउन /शनिबार देखी बेपत्ता भएको पोखराका एक व्यवसायीको आइतबारा बिहान पोखरा चोर साँघुबाट सेती नदी पुल छेउमा स्कुर भेटियो । पोखरा सभागृह नजिकै इभा ट्रेडर्स सञ्चालन गर्दै आएका फणिन्द्र ढुंगाना बेपत्ता भए भने स्कुटर पुल छेउमा भेटिएको हो ।

शनिबार राती करिब साढे ८ बजे पुलको छेउमै स्कुटर रोकेर पुलमा गएर उभिएको एक स्थानीयले देखेको बताएपछि प्रहरीले आइतबार देखी खोजी थाल्यो । प्रहरीले अनुसन्धान गर्ने क्रममा डुब्लिकेट चाबी मगाएर पुलनजिकै रोकी राखिएको स्कुटरको डिक्की खोलेर र्हेयो, त्यहाँ ढुंगनाले लेखेको नोट भेटियो ।

नोटमा उनले ऋणको ब्याच तिर्न नसकेर आफुले यो कदम चाल्नुपरेको लेखेका थिए । स्कुटरमा सुसाइट नोट भेटिनु, एक स्थानीयले पुलमा उभिएको दुख्नु, छिनमै हराउनु र पुलको तल ठाउँमा हेर्दा घाँस माडारिएको देखिनुले सेती नदीमै हाम फालेको हुनसक्ने वडा प्रहरी कार्यालय रामबजारका प्रमुख इन्स्पेक्टर दीपकबहादुर केसीले बताए । सेदी नदीमा हाम फालेको अनुमान गरिए पनि एकिन नभएकाले अनुसन्धान तथा खोजी भई रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताए ।

मिटर ब्याजी साहुका कारण जिवन असहज

ढुंगानाले मिटर ब्याजी साहुका कारण जिवन असहज भएको भन्दै साहुहरुकै नाम किटेर सुसाइड नोट छाडेका छन् । उनले पत्रमा सुरुमा श्रीमती अनिताका लागि, त्यसपछि ससुराली दाजुभाइका लागि र अन्तिममा आफूले यो कदम उठाउनुपरेको कारण खोतलेका छन् ।

कास्की धिताल घर भएका ढुंगानाका श्रीमती, छोरी र एक महिनाको छोरो छ । उनले परिवारका लागि लेखेको नोटमा बाहिरी मानिसको व्यवसायिक टर्चरले घर छोडेर हिँड्न बाध्य भएको उल्लेख गरेका छन् । आर्थिक समस्यामा परेको लेख्दै उनले माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता मिटर ब्याजी साहुका कारण आफूजस्ता धेरैको जिवन असहज बन्दै गइरहेको सुसाइड नोटको अन्तिम वाक्यमा लेखेका छन् । तर उनीहरु कहाँका हुन् कति रकम हो खुलाएका छैनन् ।

उनले १०० कडा ५०, ६०, ८० प्रतिशत सम्म ब्याज असुली गर्दै आएका उल्लेख गरेका छन् । यिनीहरु जस्ताले गर्दा मेरो यो हालत भयो । कोहि कसैले चेक देखाएर धम्काउन मिल्दैन । किनकी यी सबैले मबाट डबल त्रिबल गरी असुल उपर गरिसकेका छन् । दुई तीन गुण असुली गर्नेहरुले गर्दा नै समाजमा म जस्ता धेरैको जिवन असहज बन्दै गईरहेको छ ।’

श्रीमती, छोरा, छोरी हेर्न ससुराली दाजुभाइलाई आग्रह

ढुंगानाले श्रीमती अनिता कुमारी बाँस्तोलालाई प्यारी श्रीमती भन्दै दुई वाक्य लेखेका छन् । मैले त संघर्ष गर्न सकिनँ तर तिमीमा त्यो क्षमता देखेको छु । अब बाकी जिवन छोरा र छोरीको जिम्मेवारी सम्हाल्दै र मैले गरेका गल्ती प्रति असहजताको समय गुजार्दै जानुपर्ने हुनाले त्यसप्रति माफी चाहन्छु माफ गरिदेउ । मैले तिमीलाई कहिल्यै सुख दिन सकिनँ, त्यसप्रति क्षमा माग्दछु । सानु छोरा र छोरीलाई तिम्रो जिम्मामा छाडेको छु । उही तिमीलाई दुःखी बनाउने फरिन्द्र ढुंगाना, अलबिदा लेखेका छन् ।

साथै, दाइ सुदर्शन पोख्रेललाई हजुरलाई ठूलो जिम्मा लगाएको छु, बहिनी भाञ्जा भाञ्जीको आँखामा आँशु कहिल्यै पनि नखसाओस् भनेका छन् । सालो भाइहरु सागर र शुशिललाई दिदी र भाञ्जा भाञ्जीको कहिल्यै पनि साथ नछाडी, जस्तोसुकै परिस्थितिमा पनि दिदीको संरक्षण र हेरचाह गर्न भनेका छन् । हर व्यक्तिहरु कुटुम्ब एक हुँदैनन्, त्यसकारण सबै परिस्थितिमा साथ नछाड्नुहोला भनेका छन् ।

मिटर ब्याजी अनुसन्धानको घेरामा

ढुंगानाले नोटमा उल्लेख गरेका मिटर व्याजमा लगाउने माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे अनुन्धानको घेरामा रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताएका छन् । उनले उनीहरु दुबैको खोजी भएको र पक्राउ गरि कार्वाही गर्ने बताए । कास्की प्रहरी केही समय पहिले १० जनालाई मिटर ब्याजमा संलग्न रहेकोमा पक्राउ गरी कार्वाही संचालान गरिरहेको बताए । उनले मिटर व्यज लिने र दिने दुबैको उजुरी भने प्रहरीमा नआउने गरेको बताए । मिटर ब्याज अबैधानिक भएकाले लगाउनु र लिनु दुवै दोषी भएको उनको भनाई छ ।

कमेन्टहरु
Loading...