गणित शिक्षा परिषद्द्वारा प्राध्यापक तथा शिक्षक सम्मानित

पोखरा, २९ भदौ/ गणित शिक्षा परिषद् कास्कीले पोखरामा बुधबार चार जना शिक्षक तथा प्राध्यापकहरुलाई सम्मान गरेको छ।
परिषद्ले सल्लाहाकार प्रा.डा सिद्विप्रसाद कोइरालालाई लाइफ टाईम एचिभ्मेण्ट अवार्ड तथा प्रशिक्षक चिन्तामणि शर्मा, उपप्राध्यापक प्रेम शर्मा र प्राचार्य रामप्रसाद शर्मालाई गणित विषयको उत्थानमा योगदान पु¥याएकोभन्दै सम्मान गरेको हो।

पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जिवि शर्माले उनीहरुलाई दोसल्ला र सम्मान प्रदान गरेका थिए। परिषद्ले बुधबार नै पोखराको ग्लोबल कलिजियट उच्च माविमा पश्चिमाञ्चल स्तरीय दशौ गणितिय हाजिरी जवाफ प्रतियोगिता गरेको छ।

प्रतियोगितामा एक सय १९ समूहले सहभागिता जनाएका छन्। प्रतियोगिताको नतिजा भने पछि सार्वजनीक गरिने बताइएको छ।
कार्यक्रममा परिषद्का केन्द्रीय महासचिव रमेशप्रसाद अवस्थी, जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, सम्मानित व्यत्तित्वहरु र ग्लोबल कलिजियटका प्राचार्य बाबुराम पन्तले बोलेका थिए।

गणित शिक्षा परिषद् कास्कीका अध्यक्ष बेदप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशवप्रसाद अम्गाईले स्वागत र सचिव डिल्लिराम अधिकारीले सञ्चालन गरेका थिए।

कमेन्टहरु
Loading...